Logo

संसारकै अग्लो भवन बुर्ज खालिफामा फहरायाे नेपाली झण्डा



Spread the love

४ असोज, काठमाडौं । संसारकै अग्लो भवन बुर्ज खालिफामा नेपाली झण्डा फहराएकाे छ ।  नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा बुर्ज खालिफामा पहिलाे पटक नेपाली झण्डा फहराईएकाे हाे ।

नेपाली दूतावास आबुधाबीका अनुसार,  यूएईको स्थानीय समयानुसार शुक्रबार साँझ ९ः१० (१० बजेर ५५ मिनेट नेपाली समय) मा एक मिनेट चहकिलो सेतो पर्दा बाहिर चन्द्र सूर्य अंकित नेपालको झण्डा फहरिएकाे थियाे ।

शुक्रबार खाडीमा सार्वजनिक बिदाको दिन हुने भएकाले यूएईमा कार्यरत धेरै नेपाली संसारकै अग्लो बुर्ज खालिफामा फहराइरहेकाे आफ्नाे देशकाे झण्डा हेर्नका लागि त्याँहा पुगेका थिए ।  बुर्ज खालिफाको चारै दिशाका आँगनमा नेपाली नागरिकको बाक्लो उपस्थिति थियो । नेपालीका साथै विदेशीले पनि नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसमा खुशीयाली मनाए ।

बुर्ज खालिफामा फहराईरहेकाे चन्द्र सूर्य अंकित झण्डा र बुर्ज खालिफाकाे आँगनमा भेला भएका नेपालीको हर्ष उल्लासका साथ  ‘नेपाल नेपाल’ ‘हुटिङ’ ले त्यहाँको माहोल १ मिनेट पुरै नेपालमय र ऐतिहासिक बन्याे ।

यूएईमा कार्यरत धेरै नेपालीले नेपाली श्रमको गुन सम्मानपूर्वक तिरेको भन्दै यूएई सरकारलाई धन्यवाद दिएका छन् ।

हेर्नुहाेस् भिडियाे

 

प्रतिक्रिया दिनुहोस्