Logo

ताजिकिस्तानसँग नेपालकाे लज्जास्पद हार



Spread the love

४ असोज, काठमाडौं । जोर्डनमा चलिरहेकाे एएफसी यू–१६ जारी च्याम्पियनसिप छनोटको तेस्रो खेलमा नेपालले ताजिकिस्तानसँग लज्जास्पद हार बेहोरेको छ । जोर्डनको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा शुक्रबार भएको खेलमा नेपाल ताजिकिस्तानसँग ७-० गोलको फराकिलो अन्तरले पराजित भएको हो ।

खेलको  पहिलो हाफमा ४-० ले पछि परेको नेपालले दोस्रो हाफमा थप ३ गोल खाएको थियो । जितसँगै ताजिकिस्तानले अपराजित यात्रा कायम राखेको छ । ताजिकिस्तानले ३ खेलबाट ९ अंक जोडेको छ । ३ खेलमा दुई हार व्यहोरेको नेपालको १ अंक छ ।

यसअघि पहिलो खेलमा जोर्डनसँग ७-० ले पराजित भएको नेपालले आफ्नो दोस्रो खेलमा कुवेतसँग १-१ को बराबरी खेलेको थियो । छनोटको समूह ‘ए’ मा रहेको नेपालले अब अन्तिम खेलमा आइतबार श्रीलंकासँग खेल्नेछ।

प्रतियोगिताको शीर्ष टोलीले सन् २०२० मा आयोजना हुने च्याम्पियनसिपको दोस्रो चरणमा स्थान बनाउने छन् ।

प्रतिक्रिया दिनुहोस्