Logo

इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनको लज्जास्पद हार



Spread the love

४ असोज, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटन बर्नमाउथसँग पराजित भएको छ । शुक्रबार राति सेन्ट मेरिज स्टेडियममा भएको खेलमा साउथह्याम्टन घरेलु मैदानमै बर्नमाउथसँग ३–१ ले पराजित भएको हो ।

बर्नमाउथको जितमा नाथन एके, ह्यारी विल्सन र कलुम विल्सनले गोल गरे । घरेलु टोलीका जेम्स वार्डले एक गोल फर्काए । खेलको १९औं मिनेटमा नाथन एकेले डिएगो रिकोले गोल गर्दै बर्नमाउथलाई सुरुवाती अग्रता दिलाए ।

३५ औँ मिनेटमा हृयारी विल्सनले अर्को एक गोल थप्दै टोलिलाई २-० को अवस्थामा पुर्‍याए । तर, दोस्रो हाफ सुरु भएपछि ५३ औँ मिनेटमा जेम्सले साउथहृयाम्पटनका लागि एक गोल फर्काए । उनले पेनाल्टीमार्फत् गोल गरेका हुन् । इन्जुरी समयको पाँचौं मिनेटमा विल्सनले गोल गरेसंगै बर्नमाउथ ३-१ ले विजयी भयो ।

प्रतिक्रिया दिनुहोस्