Logo

यसरी पाउन सकिन्छ घाँटी खसखसबाट छुटकारा



Spread the love
 

जाडो महिना सकिदै गर्दा, काठमाडौंको धुलोधुवाँ र हल्का पानी परेलगत्तै धेरैलाई घाँटी खसखस गर्ने, लामो समय खोकी लाग्ने, र कसै कसैलाई ज्वरोले समेत सताउने गरेको छ । घाँटी खसखस गरेमा तुरुन्त डाक्टरकोमा जानु भन्दा पहिले घरेलु उपाय अपनाउन पनि सकिन्छ । जानौं केही घरेलु उपायहरू घाँटी खसखसबाट छुटकारा पाउने:

मरिच र महको मिश्रणको सेवन

मरिचको धुलोमा मह मिसाएर खादा घाँटीको खस-खस मात्र होइन खोकी लागेको बेलासमेत राहत मिल्छ ।

बोझोको सेवन

घाँटीसँग सम्बन्धित प्रायः सबै समस्याका लागि बोझो रामवाण नै मानिन्छ । बोझो मुखमा राखेर चुसिरहनु पर्छ । जसको रसले तपाईंको घाँटीलाई आराम दिन्छ ।

अदुवाको सेवन

अदुवाले चिसोसँग सम्बन्धित धेरै रोगहरुबाट छुटकारा दिलाउँछ । अदुवालाई कुटेर मुखमा राखेर चुसिरहनु पर्छ ।

घाँटीलाई तातो बनाउने

औषधी पसलहरुमा उपलब्ध हुने हिट प्याडमार्फत अथवा तातो पानीमा टाबेल भिजाएर आफ्नो घाँटीमा राख्नु पर्छ ।

काँडाको प्रयोग

एक कप पानीमा ४-५ मरिच तथा तुलसीका केही पत्ताहरुलाई उमाल्ने र काँडा बनाउने र उक्त काँडालाई दिनमा दुई पटक सेवन गर्ने ।

घाँटीलाई आराम दिने ट्याब्लेट

केहीँ राम्रा ब्राण्डका घरेलु ट्याब्लेट चुसिरहनाले पनि तपाईंलाई फाइदा हुन सक्छ ।

कुल्ला गर्न

मनतातो पानीमा थोरै नुन मिसाएर त्यसले कुल्ला गर्नु पर्छ । त्यसले तपाईंको घाँटीमा रहेका किटाणुहरुलाई भगाउन मदत गर्छ ।

मुख बार्नु पनि अनिवार्य

घाँटी खस-खस गरेको बेला अमिलो र फ्रिजमा राखेको चिसो खानेकुरा खानै हुँदैन । तेल-मसला भएका खानेकुरा खानु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्