Logo

जानुहोस् आटाको रंगीन स्वादिलो र स्वास्थ्यकर मम बनाउने रेसेपी



Spread the love

मःम तिब्बती खान्की हो । उहिल्यै व्यापारका लागि तिब्बत जाने नेवारी व्यापारीहरूले मःम नेपाल भित्र्याएको मानिन्छ ।मोहमोः’ भन्ने तिब्बती शब्दबाट अपभ्रंश हुँदै नेपालमा आइपुग्दा मःम बनेको हो । तपाई ममलाई जस्तो शैलीमा, स्वादमा र रंगमा तयार गर्न सक्नुहुन्छ ।

यदि स्वस्थ्यकर मम खाने इच्छा छ भने तपाईंले घरमा मम बनाउन सक्नुहुन्छ। त्यती धेरै गाह्रो पनि छैन मम बनाउन । तर, एउटा कुरा ख्याल गर्नुहोस् है, ममको डल्ला मैदाको होइन आटाको हुनुपर्छ ।

प्राकृतिक रंगबाट तयार गरिएको मम हेर्दा निक्कै आकर्षक देखिन्छ । अर्थात यस्तो ममले तपाईंको आँखामा पनि भोक जगाई दिन सक्छ । अक्सर बालबालिकाहरु घरमा बनाएको खानेकुरमा त्यती खान मान्दैनन् । यद्यपि उनीहरुलाई खाउँ-खाउँ लाग्ने परिकार बनाइदिनुपर्छ, उनीहरु रमाएर खाइदिन्छन् । खानेकुरालाई आकर्षक, लोभलाग्दो बनाउने पनि एक कला हो । जानौ मम बनाउने विधी:

यसका लागि आवश्यक सामाग्री

आटा

-किमाका लागि इस्कुस, च्याउ र मस्यौरा

-स्वादका लागि प्याज, नुन, तेल र थोरै अजिनामोटो

-रंगको लागि चुकन्दर, गाँजर र पालुङ्गो

-अचारको लागि गोलभेडा, नुन, खुर्सानी र हरियो धनियाबनाउने विधी

किमा बनाउने

सबैभन्दा पहिले किमा तयार गर्ने । यसका लागि च्याउलाई मसिनो टुक्रा गर्ने, इस्कुस ताछेर त्यसलाई कोरेसोमा कोर्ने । अब पानीमा भिजाएर राखेको मस्यौरालाई स-सना टुक्रा बनाएर एउटा भाडामा राख्ने । राम्ररी मस्यौरा, इस्कुस र च्याउलाई मिसाउने । आवश्यक्ता अनुसार नुन, अजिनामोटो राख्ने । अब त्यसमा थोरै तेल तताएर मिसाई दिनुपर्छ ।

आटामा रंग मिसाउने

मुछेको आटालाई रंगिन बनाउनका लागि चुकन्दर, गाँजर र पालुङ्गोको छुटाछुटै रस तयार गर्नु पर्छ । अब आटालाई तीन भागमा लगाउने र फरक-फरक रंग मिसाइदिने । यसरी तयार भएको आटालाई स-सना डल्ला बनाएर रोटी बनाउने । जसमा किमा राखेर फरक फरक आकारमा तयार गर्ने र त्यसलाई स्टिम गर्नु पर्छ ।
अचारका लागि

अचारका लागि गोलभेडा उसिनेर त्यसमा नुन, खुर्सानी, हरियो धनिया मिसाएर मिक्सरमा पिस्ने । यसरी तयार भएको ममलाई तात्तातो सेवन गर्दा बढी स्वादिलो र स्वास्थ्यकर हुन्छ ।

प्रतिक्रिया दिनुहोस्