Logo

११ वर्षीयवालीको उपनामबाट सामाजिक संजालमा चर्चा बटुलेकी बालिगायिका-कमाल घिमिरे (फोटो फिचर)



Spread the love

पछिल्लो समय सामाजिक सञ्जाले कहिँयौं घर बनाएको छ भने कहिँयौं घर भत्काएको छ । त्यस्तै अहिले चर्चा नै चर्चा बटुलेकी बलगायिका हुन्- धादिङ बेसी घर भएकी ११ वर्षीय कमाल घिमिरे । उनी लोक दोहोरी गीत ‘चौतारीको बर’ गाएर एकाएक चर्चामा आएकी छिन् भने त्यस पछि उनलाई सुमधुर स्वर बिभिन्न माध्यमबाट बाहिर ल्याइएको छ ।

उनी अहिले कक्षा ६ मा पढ्दै छन् । उनी उमेरले ११ वर्षे भएता पनि उनको बहुप्रतिभा र सुमधुर स्वरले अहिले नेपाली युट्युब र नेपाली मिडियाभरि छायाकी छिन् । उनी धादिङ बेसीमा विद्यालय र कहिले काहीँ रमाइलोको लागि साथी भाइसँग बाटोमा गाइने ११ वर्षीय घिमिरे अहिले इन्द्रेणीबाट चर्चित लोक दोहोरी राजु परियार लगायत अन्य कालाकारसंग घम्सा घम्सी दोहोरी गएकी छन् ।

पछिल्लो समय आर्थिक अवस्था कमजोर र समाजबाट हेपिएका निकै कडा भन्दा कडा दुख पाएका, शारिरिक अपाङ्ग र उनीहरू लुकेका प्रतिभा अहिले विभिन्न मध्यमबाट बाहिर ल्याएर देश बिदेशमा रहेका नेपालि दाजु भाई दिदी बहिनी लागायातले कहिँयौं घर बनाएका छ । एउटा भनाइ छ ‘थोपा थोपा मिलेर समुन्द्र बन्छ’ भन्छन त्यस्तै अहिले सामाजिक सञ्जालमा देखिएको छ । दुख, पिडा समाजबाट हिपिएका र लुकेका प्रतिभा अहिले ‘फेसबुक’ युट्युब र नेपाली मिडियामार्फत आफ्नो लुकेका प्रतिभा सामाजिक सञ्जालमार्फत विस्फोटन गराएका छन् ।

जस्तै १ वर्ष पहिले बालगायक अशोक दर्जी, ११ वर्षीय अङ्कित संग्रौला, ६ वर्षकी पूजा खत्री र तकारीवाली कुशुम श्रेष्ठ र अहिले ११ वर्षीय कमाल घिमिरे रहिकी छिन् । कमाल सामान्य लोक दोहोरी गीत र कहिले काहीँ विद्यालय र गाउँमा गाउने गर्थिन् ।

अक्सर सामाजिक सञ्जाललाई राम्रो र नराम्रो भने गर्छन् यस्तै राम्रो उदाहरणको लागि धादिङ बेसी घर भएकी ११ वर्षीय कमाल घिमिरे अहिले जता ततै ११ वर्षीय वालीको उपनामबाट सामाजिक सञ्जाल र नेपाली युट्युब च्यानलमा भाइरल भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्