Logo

यू–१८ साफ च्याम्पियनसिपमा आज नेपाल र भुटान भिड्दै



Spread the love

५ असोज, काठमाडौं । यू–१८ साफ च्याम्पियनसिप फुटबलमा आज आयोजक नेपाल र भुटान भिड्दै छन् । नेपालले आफ्नो समूह चरणको अन्तिम खेलमा भुटानसँग खेल्न लागेकाे हाे । खेल काठमाडौं हल्चोकस्थित सशस्त्र प्रहरीको मैदानमा दिउँसो तीन बजे हुने छ ।

भुटानमाथि जित हात पारे नेपाल सेमिफाइनलमा पुग्नेछ । भुटानमाथि नेपालले बराबरी खेले पनि सेमिफाइनल पुग्ने सम्भावना रहन्छ ।

समुह चरणको पहिलो खेलमा नेपालले माल्दिभ्ससंग एक–एकको बराबरीमा रोकिएका थिए । समुह चरणमा माल्दिभ्स र नेपालको समान एक अंक छ । आजकाे खेलमा भुटानलाइ स्पष्ट रूपमा जित्ने दाउमा नेपाल छ ।

यसअघिका अर्थात सन् २०१५ र २०१७ मा भएको यू–१८ साफ च्याम्पियनसिपको उपाधि नेपालले जितेको थियो । यो संस्करणको पनि उपाधि जित्दै नेपाल ह्याट्रिक बनाउने लक्ष्यमा छ ।

प्रतिक्रिया दिनुहोस्