Logo

गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा जर्मन कम्पनीलाई



Spread the love

५ भदाै, रूपन्देही । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा जर्मनीको म्युनिख इन्टरनेशनल एयरपोर्टलाई दिईने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका अनुसार, विमानस्थलकाे तयारी पूरा गरेर त्यसको तीन महिना भित्रै सुरु गराउने योजना रहेको छ ।

यो विमानस्थल सञ्चालन गर्न म्युनिखले ठोस प्रस्ताव दिएको छ र यो कम्पनीको प्रस्ताव उपयुक्त भएकाले यसैलाई विमानस्थल व्यवस्थापनको जिम्मा दिने विषययमा छलफल भइरहेको जानकारी दिँदै दुई देशका सरकार–सरकार (जीटूजी)मा मोडलमा सञ्चालन गरिने पनि मन्त्री भट्टराईले पत्रकारलाई बताए ।

पर्यटन मन्त्रालयका एक अधिकारीका अनुसार, पर्यटन मन्त्रालयका सहसचिव वुद्धिसागर लामिछानेकाे संयोजकत्वमा एक टाेलीले म्युनिख विमानस्थलको प्रस्तावलाई विस्तृत अध्ययन गरेको छ । टाेलीले प्रस्ताव उपयुक्त ठहर गरेर मन्त्रीसमक्ष पेस गर्नेछ त्यसपछि मन्त्रीले प्रस्तावलाई मन्त्रिपरिषद् लगेर निर्णय गराएपछि औपचारिक रूपमा नै म्युनिखसँग सम्झौता हुन सक्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्