Logo

दशैँमा घर जाँदै हुनुहुन्छ ? थाहा पाउनुहोस् गाडीभाडा



Spread the love

काठमाण्डौ । हिन्दु धर्मावलम्बीहरूको महान चाड दशैँलाई लक्षित गरेर सार्वजनिक यातायातको अग्रीम टिकट बुकिङ आज(आइतबार)देखि खुलेकाे छ । चाडपर्व मनाउनका निमित्त काठमाडाैंबाट घर फर्किने सर्वसाधारणलाई मध्यनजर गर्दै यातायात व्यावसायी महासंघले यात्रुहरूकाे सुविधा र सुरक्षित यात्राका लागि आजदेखि अग्रीम टिकट बुकिङ शुरू गरेकाे हाे ।

सम्बन्धित टिकट काउन्टरमा पुगेर टिकट लिन सकिन्छ भने अनलाइनमार्फत पनि टिकट बुकिङ गर्न सकिन्छ । अनलाइनमार्फत टिकट लिँदा भाडादर त्यहीँ लेखिएको हुन्छ । काउन्टरमा पनि भाडादर लेखिएको हुन्छ । तर कतिपय गाडीवालाले निर्धारितभन्दा धेरै भाडा लिएको यात्रुको गुनासो सुनिन्छ । कहाँ जाँदा कति भाडा लाग्छ भन्ने जानकारी यात्रुलाई भयो भने ठगिने सम्भावना हुँदैन ।

सरकारले यस वर्ष भाडा बढाउने तयारी गरे पनि तत्काललाई रोकिएको छ । चाडपर्व अगाडि भाडा नबढ्ने सरकार र व्यवसायीले स्पष्ट पारिसकेका छन् । त्यसैले दशैँमा घर जाँदा यसअघिकै भाडादरमा यात्रा गर्न पाइन्छ ।

काठमाडाैंमा काेटेश्वर, चाबहिल, गाैशाला, पुरानाे बसपार्क, नयाँ बसपार्क, सुन्धारा, कलंकी गरी सात ठाँउका काउन्टरबाट टिकट बुकिङ गर्न सकिने महासंघले जनाएकाे छ ।

दशैं र दीपावलीकाे समयमा करिब २५ लाख मानिस उपत्यकाबाट बाहिरिन्छन् । यस बेला सर्वसाधरणलाई कठिन हुने भएकाले प्रत्येक वर्ष सरकारले अग्रिम टिकट बुकिङकाे व्यवस्था गर्दै आएकाे छ ।
[pdf-embedder url=”https://www.sallerikhabar.com/wp-content/uploads/2019/09/Bhadadar-2075-06-07-2.pdf” title=”Bhadadar 2075-06-07″]

 

 

 

'सल्लेरी कोलाज' ब्युरोका झल्लु प्रसाद गजल, कविता, कथा साथै मनोविश्लेषणात्मक लेख लेख्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्