Logo

सेनाका हवल्दारसँगकाे अनैतिक सम्बन्धका कारण आफ्नै श्रीमानको हत्या !



Spread the love

५ असाेज, काठमाडाैं । पश्चिम नवलपरासीकी एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेकी छन् । नेपाली सेनाको हवल्दारसँग नाजायज सम्बन्ध राखेकी महिलाले उक्त सम्बन्ध जोगाउन उनकै (सेनाको हवल्दार) सहयोगमा श्रीमानको हत्या गरेकी हुन् ।

 

जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक लालमणि आचार्यका अनुसार,  मिलेमतोमा श्रीमानकाे हत्या गरेकाे आराेपमा मृतककी श्रीमती ३५ वर्षीया सरस्वती पोखरेल र कालीध्वज गण परासीमा नेपाली सेनाका हवल्दारमा कार्यरत बमबहादुर घर्ती पक्राउ परेका छन् ।

१५ दिनदेखि बेपत्ता भएका रामग्राम नगरपालिका–३ घोडपाली निवासी ४१ वर्षीय तारा भनेर चिनिने रवीन्द्रप्रसाद पाण्डेयको खोजतलासको क्रममा शुक्रबार घरछेउकै हरिसुशील आधारभूत विद्यालयको सेफ्टीट्याङ्कीमा पाण्डेकाे शव सडेको अवस्थामा फेला परेका थियाे ।

घर्तीसँगकाे सम्बन्ध लुकाउन खोज्दा उनले आफ्नै श्रीमानको हत्या गरेको प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्यामा संलग्न रहेका उनीहरु विरुद्ध किटानी जाहेरी दर्ता भएको तथा अदालतबाट पक्राउ आदेश समेत प्राप्त भएकाे छ । उनीहरुविरुद्ध थप अनुसन्धान शुरु भइरहेकाे जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएकाे छ ।

पछिल्लाे समयमा नेपाली समाजमा यस्ता आपराधिक घटनाहरू दिन प्रतिदिन बढ्दै गएका छन् ।

प्रतिक्रिया दिनुहोस्