Logo

जर्मन बुन्डेस लिगामा साविक विजेता बायर्नको फराकिलो जित



Spread the love

५ असोज, काठमाडौं । जर्मन बुन्डेस लिगामा बायर्न म्युनिखले जित हात पारेको छ । घरेलु टोली बायर्नले कोलोग्नमाथि ४–० को फराकिलो जित हात पारेको हो ।

बायर्नको जितमा फरवार्ड रोवर्ट लेवान्डोस्कीले दुई तथा फिलिपे कौटिन्हो र इभान पेरिसिसले समान एक गोल गरे । जोसुवा किम्मिचको पासमा खेलको तेस्रो मिनेटमा नै रोवर्ट लोवान्डोस्कीले गोल गर्दै बायर्नलाई पहिलो हाफमा १–० ले अग्रता दिलाएका थिए ।

रोबर्टो लेवान्डोस्कीले ४८औं मिनेटमा पुन: गोल गर्दै टोलिको अग्रता दोब्बर गरे । फिलिप कोउटिन्होले ६२औं मिनेटमा पेनाल्टी मार्फत तेस्रो गोल गरेका थिए । इभान पेरिसिचले ७३औं मिनेटमा अर्को गोल गर्दै बायर्नलाई सहज जित दिलाएका थिए । ५९औं मिनेटमा कोलोग्नीका किङ्सले इजिवु सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएसंगै बायर्नले त्यसको प्रत्यक्ष फाइदा उठायो ।

जितसँगै बायर्न ५ खेलबाट ११ अंक जोडेर दोस्रो स्थानमा रहेको छ भने पराजित कोलोग्न ३ अंक सहित १६औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्