Logo

ट्राफिक व्यवस्थापनको कार्यमा धेरै सुधार भएको छ : प्रहरी खनाल



Spread the love

५ असोज, काठमाडौँ l ट्राफिक व्यवस्थापनको कार्यमा धेरै सुधार भएको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बताएका छन् ।

युवा परिचालन वर्ष–२०७६ अन्तर्गत ट्राफिक स्वयंसेवक परिचालन शुभारम्भ कार्यक्रममा सहभागिता जनाउँदै प्रहरी खनालले ट्राफिक व्यवस्थापन र नियन्त्रणका लागि पद्धति बसाल्ने काम भइरहेको बताउँदै भने, ‘अहिलेको जमाना ट्राफिक व्यवस्थापन र नियन्त्रण गर्ने भनेको पद्धतिले हो, हामीसँग भएका संरचनामा ट्राफिक प्रहरीले अहोरात्र खटिएर काम गरिरहेको छ, धेरै सुधारका काम भएका छन् । हिजो जस्तो विकराल छैन ।’

मलेसियामा जाँदा दस किलोमिटरको बाटो हिँड्न ४० मिनेट लागेको स्मरण गराउँदै प्रहरी खनालले भने, ‘यहाँ त १० किमीबाट हिँड्न १० सै मिनेट मात्र हो ।’ सरकारको सहयोगमा केही ट्राफिक लाइट मर्मत भएर सुधार भएको पनि स्मरण गराउँदै उनले भने, ‘नेपाली इञ्जिनियरले पनि ट्राफिक लाइट मर्मत गर्न सक्छन् भन्ने पनि प्रमाणित भइसकेको छ ।’

दिनरात सडकमा खटिने ट्राफिक प्रहरीको दुख देखेर भत्ताको व्यवस्था मिलाइएपछि सडकमा काम गर्न जाँदा जवान उत्साहित भएको बताउँदै उनले भने, ‘हामी बैंकक, चीन, भारतदेखि अन्य देशको अवस्था हेरौं र हामी कहाँ छौँ हेरौं ।’

अहिले ठमेल क्षेत्रमा जाँदा आनन्दको महसुस हुने बताए l प्रहरी खनालले भने, ‘पशुपतिको अवस्था पनि सुधारिएको छ । भित्री सडकमा सवारीसाधन प्रवेश निषेध गर्दा तीर्थालुलाई सहज भएको छ ।’

प्रतिक्रिया दिनुहोस्