Logo

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम लेस्टर सिटीसँग स्तब्ध



Spread the love

५ असोज, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम हस्टपर लेस्टर सिटीसँग पराजित भएको छ । घरेलु टोली लेस्टर सिटीसँग टोटेनहम २–१ ले पराजित भएको हो ।

घरेलु टोलीविरुद्ध सुरुवाती अग्रता बनाएको टोटेनहम आफ्नो अग्रता जोगाउन नसक्दा पराजित हुन बाध्य भयो । लेस्टरको लागि रिकार्डाे पिरेरा र जेम्स म्याडिसनले गोल गरे । टोटेनहमका ह्यारी केनले एक गोल गरे ।

ह्यारी केनले २९औं मिनेटमा गोल गर्दै टोटेनहमलाई अग्रता दिलाए। ६९औं मिनेटमा रिकार्डो पेरिराले गोल गर्दै लेस्टरलाई खेलमा फर्कायो। त्यसपछि ८५औं मिनेटमा जेम्स म्याडीसनले गोल गर्दै लेस्टरको जित पक्का गरे । जितसँगै लेस्टरले ६ खेलबाट ११ अंक बनाएको छ । टोटेनहमको समान खेलबाट ८ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्