Logo

 प्रदेश ३ का विद्यालयमा ‘एक विद्यार्थी एक बिरुवा’ कार्यक्रम



Spread the love

५ असोज, हेटौँडा l प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले वृक्षरोपण कार्यक्रममा बढी फलफूलका बिरुवा रोप्नुपर्ने बताएका छन् l

हेटौँडा– ८ स्थित चन्द्रोदय माध्यमिक विद्यालय परिसरमा आयोजित ‘एक विद्यार्थी एक बिरुवा’ कार्यक्रममा सहभागिता जनाउँदै मुख्यमन्त्री पौडेलले सो कुरा बताएका हुन् l

मुख्यमन्त्री पौडेलले यस कार्यक्रमलाई औपचारिकतामा मात्र सीमित नगरी प्रतिफल आउने गरी काम गर्न अनुरोध गरेका छन् l

प्रदेश ३ का सबै सामुदायिक विद्यालयमा ‘एक विद्यार्थी एक बिरुवा’ कार्यक्रम लागू हुने जनाइएको छ ।

हेटौँडा डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अच्युत उपाध्यायका अनुसार, आजै मुख्यमन्त्री पौडेलसहित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेल, प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद जोशी, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल लगायतले उक्त विद्यालय परिसरमा आँप, कटहर, घ्युफल, लिची, अम्बा, अमला, तेजपात, नासपती, हलुवा वेद, रुद्राक्षलगायत वनस्पतिका २०० बिरुवा रोपेका छन् l

उक्त कार्यक्रम लागू भएका विद्यालयमा विद्यार्थीको सङ्ख्या बमोजिम वृक्षरोपण गर्ने र विद्यालयले विद्यार्थीलाई बिरुवा संरक्षणको जिम्मा दिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्