Logo

जानौँ स्वादिलो र पोसिलो परिकार सेवाई बनाउने रेसिपी



Spread the love

दशैंको मासुभात, तिहारको सेलरोटी भनेजस्तै इदको विशेष परिकार हो सेवाई । बिहानको नास्ता र रातको खानाको रुपमा पनि सेवाईलाई सेवन गर्ने चलन रही आएको छ । सेवाई छिटो र मिठो परिकार हो । यो विशेष गरि दक्षिण भारतको स्वाद हो । खासगरी सेवाई चामलबाट बनेको एक किसिमको नुडल्स हो । त्यसो त चामल मात्र होइन, गहुँ, कोदो, चना र मैदाबाट पनि सेवाई बनाउन सकिन्छ ।

वर्षायाममा खानेकुराको माध्यामबाट स्वास्थ्य खराब हुने भएकाले यतिबेला सुपाच्य र स्वस्थ्य खानेकुरा सेवन गर्नुपर्छ । सेवाई त्यस्तै परिकार हो । सेवाई घरमै तयार गर्न सकिन्छ ।

सेवाई यसैपनि स्वादिलो । हेर्दै खाउँ-खाउँ लाग्ने । झन् यसमा कागती, इमली, गोलभेडा, दही, नरिवल आदि मिसाएर बनाउदा त झनै स्वादिलो हुन्छ ।

सेवाई खाएपछि दिनभरका लागि उर्जा प्राप्त हुन्छ । भोक लाग्दैन । त्यसैले अनावश्यक खानेकुरा खानबाट बचिन्छ । साथसाथै शरीरमा पोषणको अभाव हुन पनि दिदैन ।

सेवाई बनाउने बिधि

सेवाई बनाउन गाह्रो छैन । समय पनि धेरै लाग्दैन । छिटो र मिठो परिकार हो यो । सेवाई बनाउने सामान्य विधी:
आवश्यक सामग्री :
-२ कप भुटेको सेवाई

-आधा कप चिनी

-चार कप दुध

-एक कप ड्राई फ्रुट्स

-१ चम्चा सुकुमेल पाउडर

-१ चम्चा दुधमा भिजाइएको केसर

बनाउने बिधि :

सुरुवातमा एक प्यानमा दुध उमाल्ने । १० मिनेटसम्म दुध उमालेर गाडा बनाउने । अनि अब यसमा भुटेको सेवाई लगाउने र बिस्तारै सेवाई पाक्न दिने । त्यसपछि दुधमा भिजाइएको केसर, सुकुमेलको धुलो र काटेको ड्राई फ्रुट्स राख्ने । त्यसलाई एक मिनेट पाक्न दिने ।

अब सेवाई दुधभन्दा माथि देख्न थाल्दछ , यसको अर्थ सेवाई तयार भईसक्यो । त्यसपछि केही समय सेलाउन दिने । हल्का सेलाएपश्चात चिनी मिसाई दिनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्