Logo

प्याजको भाउ बढ्नासाथ दिल्लीबासी समस्यामा



Spread the love

५ असोज, नयाँ दिल्ली । भारतमा प्याजको भाउ अचानक हवात्तै बढेको छ । केही दिन अगाढी प्याज प्रतिकिलो ३५ देखि ४० रुपैयाँ रहेकोमा बढेर अब ६० देखि ७० रुपैयाँसम्म भएको छ । प्याजको मूल्य बढ्नाले सर्वसाधारण निकै समस्या झेल्दै आई रहेका छन् ।

प्याजसँग जोडिएका कारोबारीका अनुसार यसरी मूल्य बढ्नुमा प्याजको राम्रो उत्पादन नभएको बुझिन्छ । पछिल्लो सिजनमा प्याजको मूल्य ४–५ रुपैयाँ प्रतिकिलो थियो ।

प्याजको कमी हुनासाथ सरकारले अफगानिस्तान, इरान र इजिप्टबाट प्याज मगाउने तयारी भईरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्