Logo

भगवान् शिवको उत्पत्ति कसरी भयो ?



Spread the love

शिव हिन्दू धर्मका प्रमुख देवताहरू मध्ये एक हुन्। भगवानको तीन रूपहरू मध्येको एक शिवलाई विनाशकर्ताका रूपले चिनिन्छ। हिन्दू धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन्। शिवलाई प्रायःजसो शिवलिङ्गको रूपमा पूजा गर्ने गरिन्छ।

शिव हिन्दू धर्मको प्रमुख देवताहरू मध्यको एक ईश्वर को रुप हो। वेदमा यिनको नाम रुद्र भनिएको छ।शिवले छोडेमा यो संसारमा देह अथवा शव मात्र रहन्छ। देहमा ब्रह्माको स्थान शिरमा छ, विष्णुको स्थान हृदय अथवा शरिरको मध्य भागमा छ र शिवको स्थान कमर भन्दा तलको भागमा छ। त्यसैले भगवान शिवलाई शिवलिंगको रुपमा पूजा गरिन्छ।

भगवान शिवको उत्पत्ति

भगवान शिवको जन्म भएको होइन उनि प्रकट भएका हुन् भन्ने मान्यता रहेको छ । हिन्दू धर्मग्रन्थ विष्णु पुराणका अनुसार भगवान शिव भगवान ब्रह्मा, भगवान विष्णुको नाभि कमलबाट उत्पत्ति भएका हुन् । विष्णु पुराणका अनुसार शिरको तेजबाट उत्पन्न भएका कारण शिव सधै योगमुद्रामा रहन्छन् ।

भागवतका अनुसार एक पटक जब भगवान विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान शिव स्वयम् प्रकट भएका हुन् । विष्णु पुराणमा यो पनि वर्णन गरिएको छ कि शिवलाई आफ्नो जन्मबारे आफैंलाई मात्र थाहा छ ।

एकदिन ब्रह्मालाई एक बालकको जरुरत थियो । यसका लागि उनले घोर तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । भगवान ब्रह्माले रुँदै गरेका बालकलाई रुनुको कारणबारे सोधे तब त्यो बालकले आफ्नो नाम नभएको रोएको बताएका थिए ।

त्यसपछि भगवान ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हो ‘रुनेवाला’ । शिव त्यसपछि पनि चुप लागेनन् । यसपछि ब्रह्माले फेरि अर्को नाम राखी दिए त्यति गर्दा पनि उक्त बालक रुन छोडेनन् । आजित भएका ब्रह्माले बालकलाई चुप गराउन ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव ।

शिवले ब्रह्माको पुत्रको रुपमा जन्म लिनुको पछि पनि विष्णु पुराणमा एक पौराणिक कथा रहेको छ । जसमा जब धरती, आकाश, पाताल समेत पूरा ब्रह्माण्ड जलमग्न थियो तब ब्रह्मा, विष्णु र शिव वाहेक अरु कोही पनि देव या प्राणी थिएनन् । तब केवल विष्णु मात्र जलको सतहमा आफ्नो शेषनागमा बसेका हुन्थे । तब उनको नाभीबाट कमलको डाठमा ब्रह्मा जी प्रकट भए । ब्रह्मा–विष्णु जब सृष्टिको सम्बन्धमा कुरा गरिरहेका थिए तब शिव प्रकट भए ।

ब्रह्माले आफ्नो गल्ती महसुस गर्दै शिवसँग क्षमा माग्न थाले र शिवसँग पुत्रको रुपमा जन्म लिने आशिर्वाद मागे । जब ब्रह्माले सृष्टिको रचना सुरु गर्न थाले तब उनलाई एक बच्चाको आवश्यक पर्यो तब उनले भगवान शिवले दिएको आशिर्वाद यात गर्न थाले । त्यसपछि ब्रह्माले तपस्याको माध्यमबाट बालक शिवलाई बच्चाको रुपमा आफ्नो काखमा पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्