Logo

नेपाली काँग्रेसले डाक्यो, केन्द्रीय समिति बैठक



Spread the love

५ असोज, काठमाडौँ l प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले असोज १० गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

कांग्रसले पार्टी कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएको हो ।

काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गरी बैठक बोलाइएको जानकारी दिएका छन् l

काँग्रेसले तय गरेको उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूलाई अनिवार्य रूपमा सहभागी हुन  निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्