Logo

हिजोको परम्परावादी शैलीबाट पार नलाग्ने मन्त्री अर्यालको दाबी



Spread the love

५ असोज, काठमाडौँ l कागज मिलाउन जान्नेलाई नभएर सही ढंगमा जनताको पक्षमा काम गर्नेलाई विकास योजनाका काम दिन स्थानीय जनप्रतिनिधिहरूलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आग्रह गरेकी छिन् ।

आज भक्तपुरमा राष्ट्रिय सहकारी महासङ्घ लिमिटेडले मन्त्रालयको सहयोगमा ‘प्रदेश तथा स्थानीय तहको समृद्धिका लागि सहकारी’ विषयमा आयोजना गरेको दुई दिने प्रादेशिक गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री अर्यालले कागज मिलाएर व्यक्तिगत स्वार्थमा प्रयोग गर्नेलाई नभएर सही ढंगमा जनताको पक्षमा काम गर्नेलाई विकास योजनाका काम दिन आग्रह गरेकी हुन् ।

मन्त्री अर्यालले भनिन्, ‘योजना माग्न आउँदा कागज बनाएर ल्याउनेलाई मात्र योजना नदिनुस् । काम गर्नेले पाउँदैन । कागज बनाउनेले पाउँछ । सबै जनतालाई समेटेर काम गर्नेले योजना पाउँदै पाउँदैन । किनकि उसको नेतासँग पहुँचै छैन । र उ दिनदिनै आउन पनि भ्याउँदैन । अनि भेट्न पनि सक्दैन l’

मन्त्री अर्यालले अब योजना बाँडफाँड गर्दा यी कुरालाई पनि ध्यान दिन आग्रह गर्दै उनले भनिन, ‘कागज मिलाउनेलाई होइन काम गर्नेलाई योजनाका काम दिनुस् । अब हामीले कागज मिलाउनेलाई होइन काम गर्नेलाई भन्ने हिसाबले केही न केही हिजो भन्दा फरक हुने गरी हामी अघि बढौँ ।’

मन्त्री अर्यालले हिजोको परम्परावादी शैलीले अब कुनै पनि काम नचल्ने भन्दै हिजोकै मान्यता, सोच, काम गर्ने शैलीबाट पार नलाग्ने दाबी गरेकी छन् l

प्रतिक्रिया दिनुहोस्