Logo

आज साेमबार, थहा पाउनुहाेस् भगवान शिवलाई मन पर्ने र मन नपर्ने कुरा



Spread the love

सबैलाई याे थाहा छ कि साेमबारकाे दिन भगवान शिवकाे दिन हाे । आजकाे दिन भोलेनाथकाे नामकाे गुणगान गरिन्छ र व्रत पनि बसिन्छ । हामि भगवान शिवलाई प्रसन्न गर्नकाे लागि धेरै तरिका अपनाउछौ, तर कुनै काम यस्ता छन् जुन काम गर्नाले, काम गर्ने व्यक्तिसँग भगवान शिव र माता पार्वती रिसाउँछन् । यस्ता काम गरेर कुनैपनि व्यक्तिले चाहे जतिसुकै पूजापाठ गराेस् उसलाइ पूजाकाे फल मिल्दैन । जबसम्म व्यक्तिले यस्ता काम गर्न छाेड्दैन तबसम्म भगवान शिव र माता पार्वती त्यस् व्यक्तिसँग प्रसन्न हुँदैनन् ।

भगवाल शिव र माता पार्वती रिसाउने ती कार्य यसप्रकार छन् ।

अर्काकाे धन र स्वास्नीमा नजर राख्ने , चाेरी गर्ने, जुवा खेल्ने, आमा बुवाकाे र देवि देवताकाे सम्मान नगर्ने एवम् साधुसंतसँग आफ्नाे सेवा गराउने व्यक्तिसाग भगवान शिव अप्रसन्न हुन्छन् । त्यसैले यी कार्य भुलेर पनि कहिल्यै नगर्नुहाेस् ।

तर, यस्ता कार्यलाइ त्याग्ने संकल्प लिएर साेमबारकाे दिन भगवान शिवलाइ प्रसन्न गर्नका लागि केहि उपाएहरू अपनाउनुभयाे भने भगवान शिव प्रशन्न भएर तपाइमाथि सदा कृपा बनाई राख्नुहुनेछ ।

१. सोमबार बिहान उठेर नुहाएर भगवान शिव, माता पार्वती र नन्दीलाइ गंगाजल अथवा पवित्र जल चढाउनुहाेस् ।

२. सोमबारकाे दिन भगवान शिवजीलाइ चंदन, अक्षता, बेल पत्र, धतूराे या आँखकाे फूल चढाउनुहाेस् । यी सबै चिज भगवान शिवजीका प्रिय हुन् । यी बस्तु चढाउनाले भगवान शिव चाँडाे प्रसन्न भएर कृपा गर्नु हुनेछ ।

३. सोमबारकाे दिन महामृत्युंजय मंत्रकाे जप १०८ पटक गर्नाले भगवान शिवकाे विशेष कृपा प्राप्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस्