Logo

आर्यघाटमा हुने गंगा आरतीमा राष्ट्रिय गान नबजाईएपछि आफ्नै निर्णयबाट पछि हट्न सरकार बाध्य



Spread the love

६ भदौं, काठमाडौं । दुई साताअघि मात्र सरकारले पशुपतिनाथको मन्दिर तथा आर्यघाटमा हुने गंगा आरतीमा राष्ट्रिय गान बजाउ नैपर्ने दबाब दिएको थियाे । चाैतर्फि विराेध र आरतीमा सहभागी हुनेहरूले उक्त नियम अनावश्यक भएकाे भन्दै पालना नगरेपछि सरकार आफ्नाे याे निर्णयबाट पछि हट्न बाध्य भएकाे हाे ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विभिन्न स्थानमा राष्ट्रिय गान गाउनुपर्ने आदेश दिएपछि मन्त्री भट्टराईकाे चाैतर्फि विराेध भएकाे थियाे । संवेदनशील धार्मिक क्षेत्रमा सरकारले अनावश्यक रुपमा हस्तक्षेप गरेको आरोप आरतीमा सहभागीहरुले लगाएका थिए ।

आर्यघाटमा गंगा आरतीमा राष्ट्रिय गान गाउनुपर्ने भनिएपछि आरती समितिको आकस्मिक बैठकले त्यस सम्बन्धी दुईसाताअघि त्यसरी राष्ट्रिय गान गाउनुपर्ने भए आफूले आरती नै स्थगित गर्ने जनाईसकेकाे थियो । अहिले पशुपतिनाथको मन्दिर तथा आर्यघाटमा हुने गंगा आरतीमा राष्ट्रिय गान नबजाई आरती भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्