Logo

सन्दीपको बार्बाडोसलाई पराजित गर्दै गुयाना प्ले अफमा स्थान बनाउन सफल



Spread the love

६ असोज, काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित बार्बाडोस ट्राइडेन्स पराजित भएको छ । बार्बाडोस ट्राइडेन्स गुयाना ऐमेजन वारियर्ससँग डक वर्थ लेविस पद्धतीको आधारमा १२ रनले पराजित भएको हो । यो जितसंगै गुयाना प्ले अफमा पुग्ने पहिलो टोली बन्न सफल भएको छ ।

१ सय ३९ रनको विजयी लक्ष्य पछ्याएको गुयाना ११ ओभरमा ८१ रन जोड्दै २ विकेट गुमाएको अवस्थामा वर्षाले खेल अबरुद भएको थियो । उसका ओपनर ब्रान्डन किंग ३४ बलको सामना गर्दै ५१ रनमा अविजित रहँदा चन्द्रपाल हेमराज भने २० रनमा आउट भए । बार्बाडोसका लागि सन्दीपले ३ ओभरमा २१ रन खर्चर १ विकेट हात पारे भने जेडी ड्युमिनीको नाममा पनि १ विकेट रह्यो ।

त्यस अघि टस हारेर पहिला ब्याटिङ थालेको बार्बाडोसले सबै विकेट गुमाएर १ सय ३८ रन बनाएको थियो । बार्बाडोसका लागि जेपी डुमेनीले सर्वाधिक ३८ रन बनाए । क्रिस ग्रीनले सर्वाधिक ४ विकेट लए । १३९ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरेको गुयनाले ९ ओभरमा २ विकेट गुमाएर ६८ रन बनाएका बेला पानी परेपछि खेल रोकिन पुग्यो ।

गुयानाका लागि क्रिस ग्रिनले ३.२ ओभरमा १४ रन खर्चेर ४ विकेट हात पारे । इमरान ताहिर २,किमो पल,रोमारियो शेफर्ड,सोएब मलिक र ओडियन स्मिथले समान १ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्