Logo

इटालियन सिरी ‘ए’ मा नेपोलीको प्रभावशाली जित



Spread the love

६ असोज, काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा नेपोलीले सानदार जित हात पारेको छ । घरेलु टोली लिसमाथि नेपोलीले ४–१ को सानदार जित हात पारेको हो ।

आइतबार राति भएको खेलमा नेपोलीको जितमा फर्नान्डो लोरेन्टेले दुई तथा लोरेन्जे इनसिग्ने र फावियनले समान एक गोल गरे । घरेलु टोलीका मार्काे मनकोसुले सान्त्वना गोल फर्काए ।

खेलको २८औं मिनेटमा फर्नान्डो लोरेन्टेको गोलमार्फत नेपोलीले अग्रता बनायो । ४०औं मिनेटमा इनसिग्नेले गोल गर्दै नेपोलीलाई पहिलो हाफमा २–० ले अग्रता दिलाए ।

५२औं मिनेटमा फावियनले गोल गर्दै नेपोलीलाई फराकिलो जिततर्फ धकेलेको थियो । ६१औं मिनेटमा मार्काेले पेनाल्टीमार्फत घरेलु टोलीलाई खेलमा फर्काउने संकेत देखाएका थिए तर, लोरेन्टले गोल गर्दै घरेलु टोलीलाई ४–१ को हारको स्वाद चखाए ।

जितसँगै नेपोली ४ खेलबाट ९ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । लिस भने ३ अंक सहित १८औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्