Logo

इंग्लिस प्रिमियर लिग: भिल्लामाथि आर्सनलको पूनरागमन जित



Spread the love

६ असोज, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लामाथि पुनरागमन जित हात पारेको छ । घरेलु मैदान इमिरेट्स स्टेडियममा आइतबार राति भएको खेलमा आर्सनलले ३–२ को पूनरागमन जित निकाल्न सफल भएको हो ।

आर्सनलको जितमा निकोलस पेपे, कलुम च्याम्वर्स र पिएरे हेनरिक औवामियाङले गोल गरे । भिल्लाका लागि जोन म्याक्जिन र वेस्लेले गोल गरे ।

घाँजीको पासलाई सदुप्रयोग गर्दै जोनले २० औं मिनेटमा गोल गर्दै भिल्लालाई अग्रता दिलाएका थिए । ४१औं मिनेटमा आर्सनलका एन्सले मेटल्यान्ड नाइल्स दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । तर, त्यसको असर आर्सनललाई परेन ।

खेलको ५९ औँ मिनेटमा आर्सनलका लागि निकोलस पेपेले पेनाल्टी मार्फत् गोल गर्दै घरेलु टोलीका लागि बराबरी गोल फर्काए । त्यसको एक मिनेटपछि एस्टोन भिल्लाका लागि वेश्ले मोरासेले गोल गर्दै पाहुना टोलीलाई २–१ गोलको अग्रता दिलाए । ८४औं मिनेटमा पिएरे हेनरिक औवामियाङले गोल गर्दै आर्सनललाई ३–२ को पूनरागमन जित दिलाए ।

जितसँगै आर्सनल ६ खेलबाट ११ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । पराजित भिल्ला ४ अंक सहित १८औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्