Logo

भरतपुरको कार्टुन उद्योगमा आगलागी



Spread the love
 

७ असोज, चितवन l आज बिहान भरतपुर महानगरपालिका–४ बाह्रघरेमा रहेको युनाइटेड प्याकेजिङ कम्पनी (कार्टुन बनाउने उद्योग)मा विद्युत् चुहावट भई आगलागी भएको छ ।

बिहान करिब १ बजेबाट लागेको आगलागी नियन्त्रणमा ल्याउन कोसिस गरिरहेको भएता पनि अझैसम्म पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको चितवन जिल्ला प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिए l

दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीको सक्रियतामा आगो निभाउने प्रयास चलिरहेको रहेको प्रहरीले जनाएको छ । उक्त आगलागीबाट उद्योगमा ठुलो क्षति पुगेको प्रहरी मल्लले बताएका छन् l

प्रतिक्रिया दिनुहोस्