Logo

अभिभावकले नगरौँ, सन्तानका सामु यी कुरा



Spread the love

वास्तवमा भन्नु पर्दा अभिभावकहरूका लागि प्रिय चिज भनेकै उनीहरूका छोराछोरीहरू हुन् l जसले हमेशा आफ्नो बालबालिकाहरूका लागि मात्रै सोच्ने गर्दछन् l मातापिताले आफ्ना सन्तानको उज्वल भविष्यका लागि दिनरात नभनी काममा खटीरहन्छन् l र आफ्ना सन्तानलाई शिक्षित बनाउने तर्फ तिर लाग्छन् l तर जब सन्तानहरूले शिक्षा प्राप्त गरी परीक्षाको परिणाम हासिल गर्छन् l तब अभिभावकले यस्ता व्यवहार आफ्नो सन्तान प्रति गर्नु हुँदैन l त्यसैले आउनुहोस् चर्चा गरौँ कस्ता व्यवहार नदेखाउने त अभिभावकले आफ्नो सन्तानको परीक्षाको परिणाम हासिल गर्दा l

अन्य बालबालिकाहरूसँग तुलना नगर्नुहोस् :
यदि तपाईँले आफ्नो सन्तानको परीक्षाको परिणाम हासिल गरे पश्चात् अन्य बालबालिकाहरूसँग तुलना गर्नु हुन्छ भने त्यो तपाइको सन्तानको लागि राम्रो सङ्केत हुँदैन l त्यसैले आफ्ना सन्तानको तुलना अन्यसँग नगर्नुहोस् l

खिल्ली नउडाउनुहोस् :
झुक्किएर कहिल्यै पनि आफ्नो मातापिताले आफ्नै सन्तानको खिल्ली उडाउनु हुँदैन l यसो गर्नले बालबालिकामा भएको आत्मा विश्वास पनि गुमेर जाने गर्छ l

सहानुभूति दिन नबिर्सिनुहोस् :
यदि तपाइको सन्तानले परीक्षाको परिणाम राम्रो ल्याएको छैन भने पनि उसलाई गाली नगर्नुहोस् र सहानुभूति दिनुहोस् l जसले गर्दा तपाइको सन्तानको आत्म विश्वास बढेर जानेछ l

नकारात्मक कुरामा जोड नदिनुहोस् :
मातापिताले कहिल्यै पनि नकारात्मक कुरामा जोड दिनु हुँदैन l किनकि यदि अभिभावकहरूले नै नकारात्मक कुरामा जोड दिने हो भने बालबालिकाहरूमा पनि त्यसको असर पर्न जान्छ l जसले गर्दा शिक्षामा पनि असर गर्ने गर्छ l

प्रतिक्रिया दिनुहोस्