Logo

समृद्ध सल्यान निर्माणमा सल्यानी युवा संजाल



Spread the love

युवाहरु देशका मेरुदण्ड हुन, भविष्य हुन् । हरेक देशमा हुने हरेक परिवर्तनहरुमा युवाहरुको प्रमुख भूमिका रहेको हामी देख्न सक्छौं । युवाहरु वास्तविक अर्थमा समाज परिवर्तनका अर्थपूर्ण शक्ति हुन । देशको सामाजिक , आर्थिक, राजनीतिक , सांस्कृतिक लगायत देशको समग्र विकासमा युवाको प्रमुख भूमिका रहने भएको र हुनु पर्ने भएकोले युवा राष्ट्र निर्माणका पहरेदार पुर्बधार हुन् ।

देशमा शिक्षा, रोजगारी तथा अन्य अवसरहरुको अभावमा देशको प्रमुख उर्जाको रुपमा रहेका युवाहरु विभिन्न कारणले पलाएन हुने अवस्था ज्यादै दुखद पक्ष रहेको छ । उनीहरूले कमाएको अर्थतन्त्र नेपालको मेरुदण्डको रुपमा रहेको छ । सहभागिता र अवसरका दृष्टिले नेपालका युवाहरुको अवस्था सन्तोषजनक छैन । विभिन्न अधिकारहरूलाई सही रुपमा संवधोन गरी उनीहरूको ज्ञान, सीप र अनुभवलाई नेपालमै प्रयोग गरे समृद्ध नेपाल धेरै टाढा छैन । युवाहरूले गरेका अभियानहरुमा असफलता सायदै हुँदैन । युवाहरूले चाहे कुनै पनि कुराको कायापलट, परिवर्तन गर्न सक्छन् । त्यसका लागि एउटा सञ्जाल र युवा सहभगिताको आवश्यकता पर्दछ । देश र जिल्लाको समृद्धिको कछुवापनलाई देखेर हामीले पनि एक सञ्जाल निर्माण गर्‍यौ। जिल्लालाई समृद्ध तिर कसरी लान सकिन्छ भन्ने उद्देश्यले चलायमान गरिएको एक सञ्जाल, जसलाई आज ‘सल्यानी युवा सञ्जाल’ भनेर हामी हाम्रो बिचमा चिन्न सक्छौ । जिल्लामा हुने गरेका हरेक गतिविधिको प्रत्यक्ष निगरानी र आवश्यकता अनुसारको दबाब सिर्जना गर्नु हाम्रो उद्देश्य हो । विभिन्न सिलसिलाका काठमाडौमा बसोबास गर्ने सल्यानका सीमित युवाहरुबाट सुरुवात गरिएको भयता पनि युवा सञ्जालको रफ्तार र कामको प्रशंसा गर्दै युवा सञ्जालमा जोडिनेहरुको सङ्ख्या अत्यधिक रहेको छ। करिब ५०० जनाको प्रत्यक्ष सहभगिता रहेको युवा सञ्जालले आफ्नो अभियान मार्फत केही महत्त्वपूर्ण कदमहरुचाल्दै आएको छ।

सञ्जालले सञ्चालन गरेका काम तथा अभियानहरु…

सल्यानी युवा सन्जालले विभिन्न खाले, समय अनुुकुल सृजनात्मक कामहरू अगाडि बढाईरहेको छ । विभिन्न हिसाबले जिल्ला पछि पर्‍यो भन्ने कुरालाई मध्यनजर गरी हामीले युवाहरुको कोणबाट के कस्तो योगदान दिन सकिन्छ भन्ने कुराहरूलाई मध्यनजर गरेर केही आधारभूत तथा जिल्लाका महत्त्वपूर्ण विषयवस्तु अगाडि सारेका छौ ती मध्य विगतका दिनमा भएका समसामयिक गतिविधि हरू….

 

युवाहरुको नेतृत्व विकासका लागि विभिन्न रचनात्मक कामहरू सल्यानी युवा सन्जालले गरिरहको छ। सल्यानबाट  पढाइ तथा विभिन्न कामको सिलसिलामा जिल्ला भन्दा बाहिर बसेका सल्यानिहरुको सम्बन्धलाई स्थायित्व राख्न समय समयमा भेटघाट तथा सल्यान विशेष छलफल कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।

सल्यान जिल्लाका विभिन्न महत्त्वपूर्ण पर्यटकीय, धार्मिक, सांस्कृतिक ,राजनीतिक, भौगोलिक, एतिहासिक , मानवीय जनसङ्ख्या , कृषि,व्यापार , उघोग लगायत जिल्लाका विभिन्न बस्तुस्थितिको लामो समय सम्म अध्धयन अनुसन्धान गरी जिल्लाको चिनारी स्वरूप “सल्यान दर्पण” नामक पुस्तक प्रकाशन गरी जिल्लाको महत्त्वपूर्ण दस्ताबेज २०७२ सालमा तयार पारेको छ । जसको सम्पूर्ण अध्ययन तथा अनुसन्धान गरी सञ्जालका सक्रिय अभियानता तेज किरण वलीले किताब सम्पादन तथा प्रकाशन गर्नूभयो।

सल्यान जिल्लाको कला साहित्यबाट पनि राष्ट्रिय स्तरमै ख्याति प्राष्त गर्न सकिन्छ भन्ने उदेश्य अनुरुप जिल्लामा छरिएर रहेका ,जिल्लामा लुकेर रहेका नव साहित्यकार तथा देशका राष्ट्रिय साहित्यकारहरुलाई भेला गराई ३ दिन सम्म साहित्यक गोष्ठी, प्रशिक्षण तथा अन्तरक्रिया गरी नव साहित्यमा लाग्दै गरेका सल्यानी युवा युवतीलाई साहित्य गोरेटो तिर लम्काउने प्रयास गरियो। यसका लागी तिन दिन सम्म निःशुल्क राष्ट्रिय प्रशिक्षक बाट प्रशिक्षण दिईयो ।

सल्यान जिल्ला मिडियाको क्षेत्रमा बलियो बनाउनु पर्छ भन्ने उदेश्य विभिन्न मिडिया सल्लेरी खबर, मध्यपहाड टाईम्स र सल्यान दृष्टिकोण लगायत डिजिटल अनलाइन पत्रिकाको स्थापना गरी नियमित रुपमा जिल्ला विशेष सत्य तथा निश्पक्ष समाचारहरु अपडेट गरी सल्यानको केन्द्र सम्म मिडियाको पहुच हुनुपर्छ भन्ने उदेश्य सहित स्थापना गरिएको हो । यी अनलाइन मिडियाले विशेष गरी सल्यानको र प्रयटकिय बस्तुस्थित को बारेमा अनुसन्धान मा आधारित विभिन्न अपडेटहरु गरिरहेका छन् । जसले गर्दा जिल्लाको प्रयटकिय विकास तथा प्रचार प्रसारमा निकै महत्त्वपूर्ण योगदान गरिरहेको छ ।

२०७३ मङ्सिर महिनामा उच्च स्तरीय राजनीतिक छलफल तथा अन्तरक्रिया कार्यक्रम गरी हामी विकास र समृद्धिमा जिल्ला कहाँ नेर अल्मलिरहेका छौ भन्ने विषयमा केन्द्रित रहेर कार्यक्रम सञ्चालन गरेका थियौ । विभिन्न पाटीबाट केन्द्रीय पहुचमा रहेका उच्चस्तरीय व्यक्तिहरू सँग छलफल भएको थियो र हामीले सल्यानी युवाहरुबाट सन्चालित विभिन्न सामाजिक अभियानहरुको बारेमा जनमासमा प्रस्तुति दिनुका साथै विभिन्न वहसको श्रृजना गरिएको थियो ।

२०७३ माघ महिनामा नेपाल पर्यटन बोर्ड काठमाडौको सभाहलमा जिल्लाका उच्चस्तरीय बौद्धिक व्यक्तिहरू सँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरियो जसमा सल्यानबाट काठमाडौमा हुने बौदिक जमातहरुलाई समृद्ध सल्यान, पर्यटन विकासका नयाँ आयामहरु लगायत विभिन्न विषयमा छलफल भयो । जसले गर्दा काठमाण्डौमा बस्ने आम सल्यानीहरुलाई जिल्ला प्रति केही सकारात्मक सोच्ने र आफूले सकेको जिल्ला प्रति योगदान र भूमिका लगायतका कुराहरू मा छलफल सम्पन्न भयो ।

२०७३ फागुन महिनामा सल्यानका विभिन्न पर्यटकीय , धार्मिक, सांस्कृतिक तथा एतिहासिक सम्पदा अकित फोटाहरु संकलन गरी सल्यान लाई पर्यटकीय हिसाबले राष्ट्रिय रुपमा परिचित गर्न उदेश्यले सल्यानबाट चल्ने गाडीहरुमा ठुलो स्टिकर टास्ने अभियान थालेका थियौ । सल्यान रुकुम यातायात व्यवसायी समिति सँग सहकार्य गरी सल्यानमा एक भव्य कार्यक्रमका बिच सम्पन्न गरिएमो थियो । यातायात को आर्थिक सहयोगमा सल्यानका हरेक गाडिहरुमा अझै पनि स्टिकर सन्चालित छ । सोही समयमा सल्यानका सबैभन्दा वृद्ध व्यक्तिलाई सम्मान गरेको गरिएको थियो ।

कुनै पनि व्यक्तिले आफ्नो निजी स्वार्थ भन्दा माथि रहेर सल्यान तथा देशका लागि केही महत्त्वपूर्ण योगदान दिन्छ भने हामी त्यस्ता व्यक्तिहरूलाई सम्मान तथा प्रोत्साहन जस्ता विभिन्न कामहरू गर्छाै समय समयमा । केही महिना अगाडि सल्यानी चेलि अन्राष्ट्रिय फुल म्याराथुनमा प्रथम भएकी थिइन । उनको उर्जा लाई अझ गतिशील वनाउनका लागि तथा सल्यानि युवाहरू पनि सँगसँगै छन् भन्ने महसुस दिलाउन यो कार्य गरिएको हो । दोश्रो निर्वाचनमा दाङ जिल्लामा सुरक्षाको जिम्मेवारी पाई सुरक्षा मा खटिएका प्रहरी हवलदार दुर्गा बहादुर राणा लाई हामीले सम्मान गरेका थियौ । उनले कुनै अज्ञात समूहले बाहिर बाट फालेको बम लाई भुईमा खसेको केही सेकेन्ड मै हातले समातेर खाली ठाउँमा फालि हजारौं मान्छेको ज्यान जोगाएका थिए । सल्यानका मान्छेहरू विभिन्न रुपमा अग्रसर छन् भन्ने सन्देश र प्रेरणा हामी युवाहरूले यहाँबाट पाउन सक्छौ ।

२०७४ सालको असार महिनामा परेको अविरल वर्षाले नेपालको धेरै भूभागलाई तहसनहस बनायो । त्यसबाट भएको मानवीय क्षेतीको एकिन गर्न निकै गाह्रो पर्याे । विछप्त तराई बासीको पिडा सहन नसकी हामी पनि उनीहरूको घाउमा मलम लगाउन जुटिआंै । हामीले सबै भन्दा बढी प्रभावित र विकट ठाँउलाई रोजिऔ । हामी एउटा यस्तो बस्ती पुगीऔ !! जुन अहिले पनि कालो अन्धकार खोलले ढाकिएको छ । हेर्दा लाग्छ यिनीहरू कुनै एउटा छुट्टै, अभावै अभावको सन्सारबाट चट्ट चुडिएका हुन । र आफ्नो भन्ने केही नभए पछि शरण परेका शर्णार्थी हुन । कालो शरीर छ, अनि त्यही कालो शरीरमा एउटा कालो टालो(कपडा) छ । त्यो पनि आधा शरीर मात्रै ढाकेको छ । यसरी सानो टालो बेरेर बस्नु उनीहरूको रहर होइन । यो बध्यता हो । उनीहरूलाई प्रकृतिले ठगेको छ । सर्बश्वो लुटेको छ । कतिलाई घरबार बिहिन बनाएको छ । कतिका सन्तान लुटेको छ । तप्प चुहिने आँसु ल्याएको छ आँखामा । सरकार भन्दा कता हो कता, अलि कतै प…र छन् उनीहरू । आज मुसहरहरु १० रुपैयाँको बिस्कुटका लागि रुन्छन । साच्चिकै अमान्य पीडा छ उनीहरूका लागि । र यो पिडालाई हामी सबैले बुझ्ने कोसिस गर्नु पर्छ । केही हदसम्म भए पनि उनीहरूले राहत पाएका छन् । मुहारमा मुस्कान आएको छ उनीहरूको । बाढीले अन्त्यन्त प्राभाबित जिल्ला सप्तरी! त्यसमा पनि अझै विकट अनि प्रभावित बस्ती कोईलाटी अनि त्यहाको दलित समुदायका मुसहरहरु । सल्यानी युवा सञ्जालको नेतृत्व तथा अन्य हेल्प फर नेप्लीजका साझेदारी निकायको सहभागितामा गरिएको बाढी पीडितका लागि राहत वितरण कार्यक्रमले सार्थकता पायो । करिब दश बराबरको राहत वितरण गरेका थियौ ।

हाम्रा युवा सञ्जालका सहायात्री साथीहरूलाई, जसले गर्दा सञ्जालका हरेक गतिविधिहरुले पूर्ण रूप पाएका हुन्छन् । म गर्व गर्छु यस्ता सहपाठी पाएकोमा । म धन्यवाद दिन चहान्छु, हाम्रा सम्पूर्ण अग्रज महानुभाव, शुभचिन्तकहरुमा जसले हाम्रो सन्जाललाई विश्वास गरेर हरेक अभियानहरुमा उत्तिकै महत्त्वपूर्ण योगदान र साथ दिनु हुन्छ । धन भन्दा ठुलो मन बनाएर सहयोग गर्नु हुन्छ । जसले गर्दा आज मानवताको उच्च उदाहरण प्रस्तुत गर्न सफल भएका छौ हामी ।

र अन्त्यमा…

जहाँसम्म युवाको परिभाषा र महत्त्व बुझिन्छ, हजारौको लस्कर जो खाडी मुलुकमा दुःखका पसिना बगाउन दिनानुदिन अन्तर्राष्ट्रिय एयरपोर्टको लाइन बस्दै गधा जस्तो जिन्दगी जिउन पराई भूमि जान तयार छन् । यस समस्याको हल कहिले गर्ने ? कसले गर्ने ? भन्ने कुरा अहिलेको मुख्य चुनौती हो । जबसम्म युवाहरू एकजुट भएर समस्यालाई अगाडि ल्याउदैनन् तबसम्म यस्ता कुरा परम्परागत नै हुन्छन् । युवाका नाममा भित्रने प्रभावकारी कार्यहरुले अझै पूर्णता पाउन सकेको छैन । यस्ता कुरा अब वैज्ञानिक र व्यवहारिक तवरबाट खोतल्नु जरुरी छ । एउटा युवा भएको नाताले सम्पूर्ण युवा वर्गलाई समान नजरमा हेर्न जरुरी छ । “एकले थुके थुक र सय थुके नदी” भन्ने नेपाली उखानको अर्थलाई बुझी हामी युवाहरू सञ्जालमा जोडिन आवश्यक छ । आउनुस हामी सबै एक भई समृद्ध सल्यानको रेखामा अनुबन्धित हौ । र सल्यानलाई पूर्ण रूपले समृद्ध बनाऔ ।
जय सल्यान ।

(लेखक सल्यानी युवा संजालका सकृय सदस्य हुन् । )

 

प्रतिक्रिया दिनुहोस्