Logo

मेगा स्टार अनमोल केसी चलचित्र ‘धुपौरे’मा अनुबन्धित



Spread the love

पछिल्लो समय निकै चर्चामा रहेका मेगा स्टार अनमोल केसी अहिले आफ्नै होम प्रोडक्सनमा बन्न लागेको चलचित्र ‘एन्टी हिरो’को तयारीमा रहेका छन् । उक्त चलचित्रको छायाङ्कन सुरु हुन केही ढिलाइ हुने भएपछि फेरी अर्को नयाँ चलचित्र निर्देशक साम्तेन भुटियाले निर्देशन गर्न लागेको चलचित्र ‘धुपौरे’मा मेगा स्टार अनमोल केसी फाइनल भएका छन्

‘आफूलाई उक्त चलचित्रको कथावस्तु र भुटियाको टिममा काम गर्ने एकदम इच्क्षा भएको मेगा स्टार अनमोल बताएका छन् भने उनले यस चलचित्रमा ५० लाख पारिश्रमिक लिएको खबर पनि बाहिरिएको छ ।


गएको वर्ष प्रदर्शनमा आएको ब्लकबस्टर ‘ए मेरो हजुर ३’ पछि उनले कुनै पनि चलचित्रमा साइन गरेका थिएनन् । अहिले उनलाई एक पछि अर्को चलचित्रको अफर आइरहेको छ । ‘ए मेरो हजुर ३’ पछि उनले ले बाहिरी ब्यानर फिल्म साइन गरेका थिएनन् । तर अहिले उनले दोस्रो पटक बाहिरी ब्यानरसँग काम गर्न मौका पाएका छन् ।

चलचित्र ‘धुपौरे’ मा नायक केसीको नाम मात्र उल्लेख छ भने अन्य कालाकारको नाम निर्माणपक्षले खुलासा गरेको छैन । निर्देशक साम्तेन भुटियाले अनमोल फाइनल भइसकेका बताए छन् ।

निर्देशक भुटियाले अनमोललाई केही समय अगाडि नै अफर गरेका थिए तर लामो समयपछि अनमोलले काम गर्ने फाइनल गरेको बनाएका छन् । निर्देशक भुटियाले निर्देशन गरेको चलचित्र ‘ च च हुई’ मंसिरमा रिलिज हुँदैछ । यस चलचित्रको रिलिज लगतै चलचित्र ‘धुपौरे’को छायाङ्कन मंसिरबाट सुरु हुने निर्देशक साम्तेन भुटियाले बताए छन् ।

प्रतिक्रिया दिनुहोस्