Logo

फिफाको ‘द बेस्ट’ खेलाडी अवार्डमा मेस्सीको भोट रोनाल्डोलाई



Spread the love

७ असोज, काठमाडाैं। कप्तान लियोनेल मेस्सी सन् २०१९ को फिफाको ‘द बेस्ट’ खेलाडीको अवार्ड जित्न सफल भएका छन् । यसैक्रममा मेस्सीले चिर परिचित प्रतिद्वन्द्वी रोनाल्डोलाई पनि मतदान गरेका थिए ।

मेस्सीले भने यो अवार्डका लागि सेनेगलका साडियो माने र पोर्चुगलका कप्तान तथा युभेन्टसका स्टार क्रिष्टियानो रोनाल्डोलाई भोट दिएका छन् । उनले कुल ४६ अंक जोड्दै छैटौं पटक अवार्ड जित्न सफल भए । भान डाइकले ३८ अंक तथा रोनाल्डोले ३६ अंक पाए ।

मेस्सीले रोनाल्डोलाई दोस्रो सुचीमा राख्दै भोट गरेता पनि रोनाल्डोले भने मेसीलाई बेस्ट खेलाडीको सुचीमा भोट दिएनन् । रोनाल्डोले आफ्नो पहिलो भोट म्याथिस डि लेग्टलाई दिए । भर्जिल भान डाइकले भने पहिलो भोट लियोनल मेस्सीलाई दिएका छन् ।

नेपालका तर्फबाट भने कप्तान विराज महर्जनले पहिलो भोट रोनाल्डोलाई दिएका छन् भने दोस्रो भोट मेस्सीलाई दिएका उनले तेस्रो भोट भर्जिललाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्