Logo

बिराज भट्टको फिल्म ‘‘जय परशुराम’ को ट्रेलर सार्वजनिक (ट्रेलर सहित )



Spread the love

६  साउन, काठमाडौं ।

हिमाल जि.सी.
पछिल्लो समय भोजपुरी चलचित्रहरुमा व्यस्त रहेका एक्सन नायक विराज भट्टको कमब्याक रहेको चलचित्र जय परशुरामको ट्रेलर सार्वजनिक भएको छ। निर्माता रोज राणाको डेब्यु निर्देशनमा बनेको यस चलचित्रमा विराज प्रहरीको भूमिकामा देखिएका छन् ।सार्वजनिक ट्रेलरमा विराजको धमाकेदार एक्सन देख्न सकिन्छ्।त्यसो त फिल्मको यसअघि सार्वजनिक टिजरले नै एक प्रकारको हाईप बनाईसकेको छ । ट्रेलरमा पनि विराजलाई साउथ ईण्डियन शैलीको एक्शन अबतारमा भेट्न सकिन्छ ।चलचित्रमा विराजका साथै रविन तामाङ र निशा अधिकारीको मुख्य भूमिका रहेको छ। साउन २८ गते बाट देशभर रिलिज हुने यस चलचित्रमा एनवी महर्जनको एक्सन, बसन्त श्रेष्ठ र रामजी लामिछानेको कोरियोग्राफी,रामेश्वर कार्कीको छायांकन र महेश खड्काको संगीत रहेको छ ।
हेर्नुहोस ट्रेलर

प्रतिक्रिया दिनुहोस्