Logo

क्रान्तिकरीको चुनाव, एकका विरुद्ध चार! पूर्व र पश्चिमको लडाइँ?



Spread the love

गत भदौ ७ देखि सुरु भएको माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकरीको २१ औँ राष्ट्रिय सम्मेल्लनमा अन्तत निर्वाचन हुने पका भएको छ। २४३ सद्द्सीय केन्द्रीय समिति बनाउन लागेको क्रान्तिकारीमा पदाधिकारी लगायत केन्द्रमा महत्याकान्क्षीहरुको सङ्ख्या धेरै रहेको र सर्वसम्मत नेतृत्व चयन पक्रिया असफल भएपछि क्रान्तिकारीको नयाँ नेतृत्व निर्वाचन प्रक्रियाबाट चुनिदै छन्। अध्यक्षका लागि पाँच जना विद्यार्थी नेताले इच्छा देखाएका थिए। तर, पछिल्लो पटक अध्यक्षको दाबी गरिरहेका विद्यार्थी नेता रामचन्द्र अधिकारी, वीरेन्द्र बस्नेत र मदन अर्यालले अनिल शर्मालाई समर्थन गदै आफ्नो उम्मेदवारीबाट पछाडि हटेका छन् ।सहमतिका लागि विद्यार्थी फ्याक्सन इन्चार्ज समेत रहेका माओवादी हेर्डक्वार्टर सदस्य हितमान शाक्यसहितको छलफलमा अधिकारी, बस्नेत र अर्यालले शर्माको नाममा सहमति गर्न सकिने भन्दै पछि हटेपछी अध्यक्षका लागि रन्जित तामाङ र अनिल शर्मा भिडन्तमा जादै छन्। यी दुवै प्रतिस्पर्धी सस्थापन पक्षका हुन्। यसका लागी पार्टीका शीर्ष नेताहरू, पूर्व पदाधिकारी लगायतले शाहअंतिको प्रयास गरेका थिए तर तामाङले भने निर्वाचन विधि बाटै नेतृत्व चयन हुनु पर्ने भन्दै अडान लिएपछि सहमतिको प्रयास विफल भएको थियो ।

सहमतिका लागि नेताहरूले लगातार पाँच दिन यता गरेको प्रयास असफल भएपछि मंगलबार निर्वाचन गर्ने गरी चुनावी प्रक्रिया अगाडी बढेको छ । निर्वाचन समितिले चुनावी प्रक्रिया अगाडी बढाएको बताएको छ । निर्वाचन समितिले सार्वजनिक गरेको मतदाता नामावलीमा दाबी विरोध गर्नेहरुको सङ्ख्या वढेपछि आइतबार साझ नै उम्मेदवार मनोनयन गर्ने भनी तोकिएको समय एक दिन पछाडि धकेलिएको छ ।सोमबार बिहान ७ बजेबाट मात्र उम्मेदवार मनोनयन गर्ने कार्यतालिका निर्वाचन समितिले सार्वजनिक गरेको छ। अन्तत अखिल क्रान्तिकारीको अध्यक्षका लागि अनिल शर्मा र रन्जित तामाङ चुनावी प्रतिस्पर्धामा उत्रने तयारीमा छन् र एकका विरुद्ध चार हुने पक्का भएको छ।

क्रान्तिकरीको इतिहासमै चुनावअबाट पहिलोपटक नेतृत्व चयन हुन लागेको छ र यसका लागी चर्चित दुई विद्यार्थी नेताहरू बिच प्रतिस्पर्धामा जादै छन्। प्रतिनिधिले नेतृत्व छान्न पाउनुपर्छ र चुनावबाटै नेतृत्व  छान्न हुनुपर्छ भन्ने रन्जित तमाङ प्यानल र सकेसम्म सहमतीमै  गएर नेतृत्व छन्नु पर्छ भन्ने अनिल शर्मा प्यानल चुनावी मैदानमा छन्। र यसकै लागि भोलि चुनाव हुँदै छ्।

पूर्व र पश्चिमको लडाइँ?

कतिले रन्जित र अनिलको भिडन्तलाई पूर्व र पश्चिमको लडाइँका रुपमा लिएका छन्, जुन संगठनअकै लागि हानी कार हुने निश्चित छ। रन्जित सानै उमेरमा आन्दोलनमा सहभागी भए, जेलनेल सहित सबै भोगे, आन्दोलनका हरेक मोर्चाको अग्रभागमा रहे, शान्ति प्रक्रियामा आएपछि काठमाडौको विद्यार्थी आन्दोलनको नेतृत्व गरे, झापाको विद्यार्थी संगठनको नेतृत्वमा छँदा इलाका तहमा आन्दोलनको अगुवाई गर्ने यिनी अखिल क्रान्तिकारीको अध्यक्षको उमेदवार बनेका छन् । रोल्पा तथा रुकुममा नजन्मनु र आफन्त पार्टीको नेतृत्वमा नरहनु यिनको अयोग्यता हैन भने यिनले चुनाव लद्न पाउनुपर्छ।
अनिल शर्मा पनि कुशल संगठक हुन, परिवार नै जनयुद्दमा होमियो, उनको पनि संगठनमा अरूको भन्दा काम योगदान छैन र त उनले पनि चुनाव लद्न पाउनुपर्छ।

रोल्पा र रुकुमको लडाइँ?

अर्को कुरा के छ भने यी दुई बिचको भिडन्तलाई रोल्पा र रुकुमबिचको भिडन्तको रूपमा पनि लिन लागिएको छ।अनिल शर्मा माओवादी नेता तथा गृहमन्त्री जनार्दन शर्माका सहोदर भाइ हुन शर्माका भाइ हुन र रन्जित तामाङ पूर्व अर्थमन्त्री वर्षमान पुनका नजिकका विद्यार्थी नेता हुन् । माओवादी नेताले विद्यार्थी संगठनमा देखिएको शर्मा र पुनले अगाडि सारेका विद्यार्थी नेताको प्रतिस्पर्धालाई रोल्पा र रुकुमको भिडन्तको रूपमा समेत व्याख्या गर्न थालेका छन् । यो पनि सङ्गठन र सिगै पार्टीका लागी हानिकार्क हुने निश्चित छ।

महासचिवमा भने दुवै पक्षले उम्मेदवारी टुंगो लगाई सकेका छैनन् । शर्माले विरेन्द्र बस्नेत वा उत्तम अधिकारी मध्ये एकलाई महासचिव बनाउने तयारी गरेका छन् । उता तामाङले भने खेम सिंह, धुव्र विक्रम ओली वा विजय गौतममध्ये एकलाई महासचिव बनाउने तयारी गरिरहेका छन्।उपाध्यक्षमा दीपक देवकोटा सहितका विद्यार्थी नेताहरूले उम्मेदवारी दिने तयारी गरेका छन्।क्रान्तिकारीले अध्यक्ष, महासचिव र कोषाध्यक्ष सहित नौ जना उपाध्यक्ष, पाँच जना उपमहासचिव, १६ जना सचिव गरी ३३ जनाको पदाधिकारी चयन गर्नेछ । केन्द्रीय समिति भने २४३ सदस्यीय हुने क्रान्तिकारीको विधान राष्टिय सम्मेलनको वन्दसत्रले पारित गरिसकेको छ ।

उमेर हद
स्वव्यू निर्वाचनमा उमेर हद आफ्नो एजेन्डा भन्ने क्रान्तिकारीले, सम्मेलनमा विद्यार्थी नेताहरूको उमेर हद लगाउनु पर्ने विषयमा प्रतिनिधिहरूले चर्काे आवाज उठाएपनि विशेष परिस्थितिमा सम्मेलन हुन लागेको भन्दै नयाँ आउने केन्द्रीय समितिले एक वर्ष भित्र छुट्टै विधान सम्मेलन गरेर उमेर हद टुंगो लगाउने सहमति गरेका छन्। यो पनि अर्को जटिल पाटो  हो। नियम आँफै बनाउने तर कार्यन्वयन नगरने प्रब्रितिको पालन पोशन क्रान्तिकरीले पनि गरेको छ र अरू सङ्गठन भन्दा फरक देखिन, देखाउन सकिरहेको छैन। जुन नेपाली विद्यार्थी र सम्ग्र राज्नीतिकै मूल समस्या रहदै आएको छ ।

सामाजिक सन्जालमा चुनाव

सडक बाघको रूपमा स्थापित अखिल ( क्रान्तिकारी )मा विगत केही बर्षयता वैचारिक,साङ्गठनिक र विद्यार्थी आन्दोलनको खडेरि परेको छ। राष्ट्रिय शैक्षिक माफियाको कुरा गर्ने क्रान्तिकारी अहिले आर्थिक मामिलामा धेरै नै चर्चामा आउन थएल्को छ। त्रिभुवन बिश्वबिधालय बन्द कोठाबाट बिचार, दर्शन र आगामी विद्यार्थी आन्दोलनका कार्यदिशालाई केही खुरापातीहरुसंग पदसंग साट्न थालेका छन्। सम्मेल्लनका प्रतिनिधि, समर्थक लगायतले चुनावका विषयमा सामाजिक सन्जाल्मा विभिन्न किसिमका पोस्ट गर्ने गरेका छन्। म फलानोको समर्थक, यो प्यानलबाट, यो नेता यस्तो, त्यो नेता त्यस्तो, यो ठाउको, भेगको, आदी। यी सबै संगठनको आन्तरिक कुरा भए पनि सामाजिक सन्जाल्मा राख्नले संगठनको गोपनियता भअङ हुन्र खतरा बढिरहेको छ।साथै विद्यार्थी नेताले रचनात्मक विरोध गर्नुको साटो अनावश्यक प्रचारबाजी गरी सामाजिक सन्जालको दुपायोग गरिरहेका छन् जसले उनीहरूको दक्षता र आर्जन गरेको शिक्षा माथि प्रशन चिन्ह खडा गर्छ।

त्यस कारण अहिलेको अखिल ( क्रान्तिकारी )को रास्तिय सम्मेलनले शैक्षिक माफियाहरुका एजेन्डहरुलाई पराजित गर्दै भुगोलमा बसी दिनरात विद्यार्थी आन्दोलनमा रगतपसिना बगाउने क्रान्तिकारीहरूलाई विजय गराउनमा सफल होस।
सहमति वा निर्वाचन, जुनसुकै प्रक्रियाबाट नेतृत्व चयन गरे पनि अनिल शर्मा र रञ्जित तामाङ दुवैजना योग्य विद्यार्थी नेता हुन। तर यसरी चुनावी मैदानमा गैसकेपछी पद र अरू कुनै लोभले गुटगत राजनीति गर्नु सङ्गठन र सिगो पार्टीको लागी फाईदाजनक हुँदैन। र यो सस्कारको सबै क्षेत्रमा अन्त्य हुन जरुरी छ। त्यसैले, नेतृत्व जसले लिएपनि त्यो शक्ति दुरुपयोगको आधार नबनोस, समाजवादी शिक्षाको कार्यदिशा दृढतापूर्वक लागु गर्न सक्षम होऊन।

शुभकामना!

प्रतिक्रिया दिनुहोस्