Logo

करेन्ट लागेर मृत्यु



Spread the love

८ असोज, काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ दाप्चा एक नं पुलनजिकै रहेको पशुपति रोडा ढुङ्गा उद्योगमा काम गर्ने एक जना कामदारको मंगलबार करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार अमलेखगञ्ज घर भएका वर्ष ६८ का पूर्णबहादुर कटुवाल मंगलबार बिहान वेल्डिङ मेशिनमा तार जोड्ने क्रममा करेन्ट लागि घाइते भएका थिए । उनलाई तत्काल धुलिखेल अस्पताल पुर्याइए पनि उपचारको क्रममा मृत्यु भएको हो ।

कटुवाल चार वर्षदेखि सो उद्योगमा इलेक्ट्रिसिएनका रुपमा काम गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्