Logo

बर्दिबास घटनामा संलग्नता रहेकालाई कारबाही गर्न  प्रदेश २ को कमिटीले पार्टी केन्द्रीय कार्यालयमा प्रतिवेदन बुझायाे



Spread the love

८ असोज, काठमाडौं । सत्तारुढ दलका वरिष्ठ नेता माधवकुमार नेपाल र स्थायी समिति सदस्य मातृका यादवलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  प्रदेश २ को कमिटीले बर्दिबास घटनामा संलग्नता रहेको ठहर गरेको छ । दुबै नेतामाथि थप छानविन गरेर कारबाही गर्न सिफारिस गर्दै पार्टी केन्द्रीय कार्यालयमा प्रतिवेदन बुझाएको हाे ।

                                                                          फाइल तस्बिर

दुबै नेताको संलग्नताबारे हामीले दिएकाे प्रमाणलाइ पार्टीले छानविन गरेर कारबाही गराेस् भन्ने माग हाम्राे रहेकाे पार्टीका एक नेताले बताए ।

प्रदेश कमिटीका इञ्चार्ज, सहइन्चार्ज तथा अध्यक्ष र सचिवद्वारा २४ भदौमा सिराहा र सप्तरीको जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रममा हुलदंगा गर्दै तोडफोड गरिएको र लगायतका घटनाबारे जनाउँदै मंगलबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाइएकाे छ ।

प्रतिवेदनमा आपूर्तिमन्त्री यादवले पनि विवाद ल्याउन भूमिका खेलेको कमिटीले ठहर गरेकाे छ । नेपाल र यादवको निर्देशनअनुसार नै प्रदेश कमिटीका सहइन्चार्जद्धय नागेन्द्र यादव र महेन्द्र पासवानले जिल्ला जिल्लामा भेला बैठक गरेको र बर्दिबास घटना घटाएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

बर्दिबासमा पार्टीको कार्यक्रम बिथोल्न जगत यादवले नेताहरुको कठालो समातेको तथा भूगोलमा भूमिका नै नभएका गोपाल ठाकुर गएर विवाद गरेको भन्दै उनीहरुलाई केन्द्रीय सदस्यबाट निस्कासन गर्न प्रदेश कमिटीले माग गरेको छ ।

प्रतिवेदन बुझ्दै प्रचण्डले यसले आफूहरुलाई गम्भीर बनाएको भन्दै छानविन गर्ने आश्वासन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्