Logo

ह्याकरले लुटे, कृषि विकास बैंक लहान शाखाबाट एक करोड ५६ लाख रुपैयाँ



Spread the love

८ असोज, काठमाडौं । कृषि विकास बैंक लहान शाखाबाट एक करोड ५६ लाख रुपैयाँ ह्याकरको एक गिरोहले लुटेको छ । अपरिचित एउटा गिरोहले कृषि विकास बैंक लहान शाखाबाट काठमाडौंस्थित केन्द्रीय बैंकमा ट्रान्सफर गरी सो बराबरको रकम लुटेको हो ।

कृषि विकास बैंककाे लहान शाखाबाट नौलो तरिकाले रकम लुटिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बताए ।

असोज ५ गते सो रकम सिराहा शाखाबाट केन्द्रीय बैंक हुँदै गिरोहले लुटेको देखिएकाे सिरहा प्रहरी स्रोतले बताएकाे थियाे । सो रकम कसरी सिराहा शाखा हुँदै केन्द्रीय बैंकबाट बाहिरियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

काठमाडौंबाट रकम निकाल्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेकाे प्रहरी स्राेतले जनाएकाे छ । बैंकको सिस्टम ह्याक गरेर पैसा लुट्ने ती व्यक्तिको पहिचान गरेर घटनाबारे अनुसन्धान भइरहेको र ह्याक गरेर पैसा लुट्ने मान्छे नियन्त्रणमा रहेकाले अहिले सबै खुलाउन नमिल्ने प्रहरी स्रोतले बताएकाे ।

प्रतिक्रिया दिनुहोस्