Logo

विप्लवका बागलुङ जिल्ला सेक्रेटरी पक्राउ



Spread the love

८ असोज, बागलुङ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (विप्लव) का बागलुङ जिल्ला सेक्रेटरी रामबहादुर कुँवर ‘नवीन’ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङ र प्रहरी चौकी खर्वाङको संयुक्त गस्ती टोलीले कुँवरलाई पक्राउ गरेको हाे ।

                                                                             फाइल तस्बिर

प्रहरीका अनुसार, मंगलवार दिउँसो बडीगाड गाउँपालिका–५, रेमीस्थित आफ्नै घरबा कुँवरलाई पक्राउ गरिएको हाे।

पक्राउ परेका कुँवरलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, बागलुङ लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्