Logo

चलचित्र टिनएजको ट्रेलर रिलिज (भिडियो)



Spread the love

चलचित्र टिनएजको ट्रेलर सार्वजनिक गरिएको छ। सोमवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। फिल्मको ट्रेलर सार्वजनिक भएसँगै कात्तिक २७ गतेलाई रिलिज मिति तय गरिएको छ।हेलेन पाख्रिन फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म टिनएजमा किशोरावस्थामा हुने प्रेम, द्वन्द्व, रोमान्स, बदला तथा वियोगले निम्त्याउने घटनालाई समेटिएको छ।

विरु मगर र चिनीमाया वाइवा फिल्मका निर्माता हुन् भने देविका खड्का र निर्मल स्यान्ताङ ‘टिनएज’का सह-निर्माता हुन् । फिल्ममा विकास चौधरी, बसन्त सापकोटाको संगीत, राजेश पायल राई, कमल खत्री, राजु गुरुङ, अञ्जु पन्त, प्रविसा अधिकारी र टिका प्रसाईको गायन, डा. हरी बराल, हरी उप्रेती र सविना केसीको शब्द र बासु न्यौपानेको छायाँकन रहेको छ ।  दिनेश पाख्रिङको निर्देशनमा तयार भएको यो फिल्ममा अञ्जली खड्की, नरेश वीर सिंह, सरोज शाह, प्रतिक्क्षा खड्का, कृष्ण सिवाकोटी, अजय खड्का लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।

हेर्नुहोस् ट्रेलर:-

https://youtu.be/_zI2CFUJqIs

प्रतिक्रिया दिनुहोस्