Logo

ला लिगामा भिल्लारियलमाथि बार्सिलोनाको सहज जित



Spread the love

८ असोज, काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत मंगलबार भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई पराजित गरेको छ । भिल्लारियल बार्सिलोनासँग २-१ गोल अन्तरले पराजित भएको हो।

बार्सिलोनालाई जित दिलाउने क्रममा एन्टोइन ग्रिजम्यान र आर्थरले गोल गरेका थिए । घरेलु मैदानमा छैटौं मिनेटमा नै मेस्सीको क्रसमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । खेलको १५ औं मिनेटमा आर्थरले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । यस्तै भिल्लारियलका लागि काजोर्लाले ४४ औं मिनेटमा एक गोल फर्काए तर उक्त गोल जितको लागि पर्याप्त रहेन ।

दोस्रो हाफमा चोटका कारण कप्तान मेस्सी मैदानमा उत्रेनन् । उनलाई सामान्य चोट लागेको र थप असर नपरोस भनेर विश्राम दिइएको प्रशिक्षक एर्नेस्टो भालभेर्डेले बताएका छन् ।

जितसँगै बार्सिलोना अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्