Logo

इटालियन सिरी ‘ए’ मा रोनाल्डोविना युभेन्टसको कठिन जित



Spread the love

८ असोज, काठमाडौं । युभेन्टसले इटालियन सिरी ‘ए’ फुटबलमा जित निकालेको छ । मंगलबार भएको खेलमा युभेन्टसले ब्रेसियाकै मैदानमा २–१ को कठिन जित निकालेको हो ।

ब्रेसियाका लागि खेलको चौथो मिनेटमा अलफ्रेडो डोनारूना गोल गर्दै साविकको विजेता युभेन्टसमाथि अग्रता बनाएको थियो। रोनाल्डो मांशपेशी चोटका कारण ब्रेसियाविरुद्धको खेलमा उपस्थित रहेनन् ।

४०औं मिनेटमा जोन चान्सेलरले आत्मघाती गोल गरेपछि युभेन्टस खेलमा फर्किएको थियो । ६३औं मिनेटमा मिरालेम प्यानिचले गोल गरेपछि युभेन्टस खेलमा अघि बढेको थियो । त्यसपछि थप गोल हुन नसक्दा युभेन्टस २–१ ले विजयी हुन सफल भयो । ।

जितसँगै युभेन्टस ५ खेलबाट १३ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । पराजित ब्रेसिया ६ अंकसहति १२औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्