Logo

इएफएलमा रहिम र जेससको गोलमा म्यानचेस्टर सिटी विजयी



Spread the love

८ असोज, काठमाडौं । म्यानचेस्टर सिटीले इंग्लिस फुटबल लिग कप (इएफएल) मा सहज जित हात पारेको छ । मंगलबार राति डीपाडेले मैदानमा भएको खेलमा सिटीले प्रिस्टन नर्थ इन्डमाथि उसकै मैदानमा ३–० को सहज जित हात पारेको हो ।

सिटीको जितमा रहिम स्टर्लिङ र ग्राबिएल जिजसले एक–एक गोल गरे । एक गोल उपहार पाएको थियो । इरिक गार्सियाको पासमा रहिमले खेलको १९औं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए ।

रहिमको पासमा ३५औं मिनेटमा ग्याब्रियल जेससले गोल गर्दै सिटीलाई खेलमा २–० ले अघि बढाए । ४२औं मिनेटमा रायन लेड्सनले आत्मघाती गोल गरेपछि सिटी घरेलु टोलीविरुद्ध पहिलो हाफमा ३–० को अग्रता लियो। दोस्रो हाफमा थप गोल हुन नसक्दा सिटी ३-० ले विजयी भयो ।

प्रतिक्रिया दिनुहोस्