Logo

ला लिगाको शीर्ष स्थानमा उक्लियो ग्रेनाडा



Spread the love

८ असोज, काठमाडौं । स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा ग्रेनाडा उक्लिएको छ । भल्लाडोलिडसंग उसैको घरेलु मैदानमा १–१ को बराबरी नतिजा निकाले पनि ग्रेनाडा ला लिगाको शीर्ष स्थानमा पुगेको हो ।

भल्लाडोलिडले १२ औं मिनेटमा ओस्करको गोलमार्फत अग्रता लिए पनि ग्रेनाडाले पहिलो हाफ सकिन ३ मिनेट बाँकी रहँदा बराबरी गोल फर्काएको थियो ।

ग्रेनाडाका लागि कार्लोस फर्न्नाडेजले गोल गरेका थिए । दोस्रो हाफमा दुबै टोलीले गोलको प्रयास गरेता पनि थप गोल हुन नसक्दा बराबरीमा चित्त बुजाउन बाध्य भयो। अंक बाँडेको ग्रेनाडा ६ खेलबाट ११ अंक जोड्दै अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ भने पराजित भल्लाडोलिड ६ अंकसहित १३ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्