Logo

ईफएल कपमा टोटेनहम कोलचेस्टरसँग स्तब्ध



Spread the love

८ असोज, काठमाडौं । ईफएल कपमा प्रिमियर लिग क्लब टोटेनहमले पराजय व्यहोरेको छ। मंगलबार राति भएको खेलमा टोटेनहम कोलचेस्टर युनाईटेडसँग पेनाल्टी सुटआउटमा पराजित भएको हो ।

निर्धारित समयको खेलमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो। जसमा टोटनह्याम ४–३ ले पराजित भयो । गएको वर्षको सेमिफाइनलिस्ट टोटनह्यामका क्रिष्टियन एरिक्सन र लुकास मोउराले पेनाल्टीमा गोल गर्न सकेनन् ।

यो हारसँगै टोटेनहम ईफएल कपको तेस्रो चरणबाट बाहिरिएको छ । कोलचेस्टरले भने चौथो चरणमा स्थान बनाउन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्