Logo

के तपाइको आँखाबाट पानी बग्छ? यसो गर्नुहोस्



Spread the love

शरीरको महत्त्वपूर्ण अङ्ग मध्ये आँखा पनि एक हो l जुन दृष्टिको काममा आउँछ । मानिसहरूले यही आँखाको सहायताले नै गर्दा विभिन्न दृश्यको अवलोकन गर्ने गर्छन् l कहिलेकहीँ आँखाबाट पानी आउनु त साधारण नै हो l तर आँखाबाट धरै पानी आउने, धमिलो देखिन थाल्ने, आँखा घोचेको जस्तो अनुभव हुने वा रातो हुने लगायतका लक्षण देखा पर्नु बनेको नराम्रो सङ्केत दिनु हो l त्यसैले यस्ता समस्या देखा परेमा बेवास्ता नगरी तुरुन्तै उपचार गर्नु आवश्यक पर्दछ l यस समस्याबाट छुटकारा पाउनका लागि अस्पताल नै ध्याउनु पर्छ भने छैन l किनकि केही घरेलु उपाय अपनाउँदा पनि उक्त समस्याबाट सजिलैसँग छुटकारा प्राप्त गर्न सकिनेछ l त्यसैले आउनुहोस् चर्चा गरौँ सो उपायबारे l

घिउकुमारी :
यदि तपाईँमा आँखा पोल्ने वा चिलाउने जस्ता समस्या छ भने घिउकुमारीको जेलमा एक चम्चा मह र आधी कप एल्डरबेरी चिया मिसाई आँखा धुनुहोस् । जसले गर्दा यस किसिमको समस्याबाट राहत मिल्दछ l

नरम कपडा :
आँखामा कुनै किसिमको समस्या देखा परेको छ भने हातले कहिल्यै पनि आँखालाई नछुनुहोस् l बरु यसको सट्टा नरम कपडा सफा पानीमा भिजाएर आँखा पखाल्नुहोस् । जसले यस्ता समस्याबाट छुटकारा दिलाउँदछ l

नुन :
यदि तपाईँको आँखा पोल्दा वा चिलाउँदा पनि पानी बग्न थाल्छ भने एक गिलास तातो पानीमा अलिकति नुन हालेर आँखा सक्नुहोस् । त्यसो गर्दा आँखा पोल्ने वा चिलने समस्या कम हुने गर्छ l

चिसो दूध :
के तपाईँमा आँखा सम्बन्धी कुनै किसिमको समस्या छ ? यदि छ भने कपासको डल्लोलाई दूधमा चोपेर आँखा वरिपरि रगड्नुहोस् । जसले गर्दा आँखामा राहत मिल्ने गर्छ l

नरिवलको तेल :
यदि तपाईँमा आँखा बग्ने समस्या छ भने नरिवलको तेलको प्रयोग गर्नुहोस् l जसमा भएका गुणले आँखाको फोहोरलाई सफा गगरि यस्ता समस्याबाट छुटकारा दिलाउँदछ l

प्रतिक्रिया दिनुहोस्