Logo

ईएफएल कपमा आर्सनलको सानदार जितसँगै चौथो चरणमा प्रवेश



Spread the love

८ असोज, काठमाडौं । प्रिमियर लिग क्लब आर्सनल ईएफएल कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । इमिरेट स्टेडियममा मंगलबार राति भएको खेलमा नटिङघम फोरेष्टलाई ५–० गोल अन्तरले पराजित गर्दै आर्सनलले चौथो चरणमा प्रवेश गरेको हो ।

आर्सनलको जितमा ग्राबियल मार्टीनेलीले दुई गोल गरे । यस्तै रोब होल्डीङ, जोसेप विल्लक र रेइस नेल्सनले समान एक–एक गर्न सफल भए । पहिलो हाफमा एक गोल गरेको आर्सनलले दोस्रो हाफमा थप चार गोल गर्न सफल भएको थियो ।

आर्सनलका लागि खेलको ग्याब्रियल मार्टिनेलीले ३१औं मिनेटमा र ९०औं मिनेटमा दुई गोल गरे । रव होल्डिङले ७१औं, जोसेफ विल्लकले ७७औं र रेइस नेल्सनले ८४औं मिनेटमा एक एक गोल गर्दै आर्सनललाई ५–० गोलको सहज जित दिलाए ।

प्रतिक्रिया दिनुहोस्