Logo

समाजवादी पार्टीले सरकार छाड्नुपर्छ : महतो



Spread the love

८ असोज, जनकपुरधाम । राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म विरोध भइरहने बताएका छन् ।

आज जनकपुरमा भएको पत्रकार सम्मेलन कार्यक्रममा सहभागिता जनाउँदै सदस्य महतोले सो कुरा बताएका हुन् । सदस्य महतोले संविधान रक्षाका लागि पनि संशोधन आवश्यक भएको बताउँदै भने, ‘मधेसी जनताको छातीमा गोली चलिरहेको बेला संविधान जारी भयो । दुई तिहाइको बलमा संविधान त जारी भयो, तर अहिले पनि दुईतिहाइ जनता संविधानको विरोधमा छन् ।’

सदस्य महतोले एक भिन्नै प्रसंगमा समाजवादी पार्टीले सरकार छाडेपछि समानताको आधारमा पार्टी एकता हुने बताउँदै जनताको माग र वैकल्पिक शक्ति निर्माणका लागि पार्टी एकता हुनुपर्ने धारणा व्यक्त गरे ।

सत्तामा बसेर वैकल्पिक शक्ति निर्माण नहुने तर्क दिँदै उनले भने, ‘पार्टी एकताका लागि अनौपचारिक रूपमा छलफल भइरहेको छ, तर एकता गर्न समाजवादी पार्टीले सरकार छाड्नुपर्ने हाम्रो सर्त हो ।’

प्रतिक्रिया दिनुहोस्