Logo

नियमित एकै किसिमको खाना खाँदा स्वास्थ्यमा पुग्दछ यस्ता नकारात्मक असरहरु



Spread the love

हामी नेपालीहरु बिहान् होस् या साँझ जहिले नै एउटै खाना खाने गर्छौ । प्राय: मानिसहरु दिनहुँ साँझ र बिहान समेत खानामा दाल, भात र तरकारीको प्रयोग गर्ने गरेका छन् । तर, एकै प्रकारको खाना नियमित खानु स्वास्थ्यको लागि राम्रो होइन ।

हाम्रो शरीरले जहिले पनि नयाँ स्वाद, आकार र बनावट खोजिरहेको हुन्छ । त्यस्तो अवस्थामा सकेसम्म दैनिक फरक फरक खानेकुरा खानु स्वास्थ्यको लागि अति आवश्यक हुन्छ । खाना र खाजामा समेत एकै किसिको पौष्टिक आहार प्रयोग हुन हुँदैन । यसरी एकै प्रकारको खाना खाँदा स्वास्थ्यमा बिभिन्न्न समस्यालाई देखा पर्दछ:

पोषणको कमी

हाम्रो शरीरलाई स्वच्छ राख्नको लागि शरीरमा सबै किसिमका पोषक तत्वहरुको आवश्यक पर्दछ । दैनिक सन्तुलित आहारको लागि फरक किसिमको स्वाद र परिकार भने आवश्यक हुन्छ । हामीलाई चाहिने सबै किसिमका पौष्टिकहरु हाम्रो खाना र फलफूलबाट नै पाउने गरिन्छ ।

पेटको स्वास्थ्यलाई नोक्सान पुर्‍याउँछ

हामी यदि दैनिक एकै प्रकारको खाना खान्छौं भने यसले हाम्रो पेटमा समस्या उत्पन्न गराउँछ । जसका कारण पेटमा रोगविरुद्ध लड्ने क्षमताको विस्तारै कमी हुँदै जान्छ ।

वजन घटाउन समस्या

हामीले दैनिक खाने खानामा भिन्नभिन्न पौष्टिक तत्वको प्रयोग गरेनौं भने हाम्रो तौल घट्न पनि सक्छ । तौल धेरै भएर समस्या भएकाहरुले जतिसुकै प्रयास गरेपनि खानामा ध्यान दिने र दैनिक फरकफरक पौष्टिक आहार नखाने हो भने यसले कम गतिमा वजन घटाउने काम गर्दछ ।

दुब्लोपन र कुपोषणको शिकार

कुनैपनि व्यक्ति दैनिक एकै किसिमको खानेकुरा मात्रै खान्छ भने उसमा कुपोषण र दुब्लोपनको समस्या देखिने गर्दछ । यस्तो अवस्थामा नियमित एकै किसिमको खाद्यपदार्थहरु खाँदा सोही खानाको रंग, स्वाद र बनावटका कारण उसले खाना खान नै इन्कार गर्ने गर्दछ ।

कलेजोको समस्या

दैनिक एकै किसिमको खाना खाने मानिसहरुमा कलेजो सम्बन्धी समस्या पनि हुने देखा पर्दछ । कुनैपनि खाद्यपदार्थको दैनिक अधिक सेवन हुँदा एकातर्फ धेरै पौष्टिकका कारण पनि स्वास्थ्यमा समस्या आउने गर्छ ।

प्रतिक्रिया दिनुहोस्