Logo

नेपाली काङ्ग्रेस लोकतन्त्रको रक्षा र स्वतन्त्र पत्रकारिताको पक्षमा : नेता खाँण



Spread the love

 

८ असोज, चितवन । नेपाली काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारले चिनियाँ राजनीति नेपालमा भित्र्याउन खोजेको आरोप लगाएका छन् ।

आज प्रेस युनियन चितवनले गरेको पत्रकार सम्मेलन कार्यक्रममा उपस्थित जनाउँदै नेता खाँणले सो कुरा बताएका हुन् । नेता खाँणले चिनियाँ राजनीति भित्र्याए स्वयं कम्युनिष्टलाई नै घातक हुने बताउँदै भने, “संसारमा चीनको जस्तो शासन कहीँ पनि छैन । चीनमा एक मात्र चिनियाँ कम्युनिस्ट पार्टी छ जसले लोकतन्त्रलाई कदापि स्वीकार्दैन ।”

सरकारले मिडियालाई अङ्कुशमा राख्न मिडिया विधेयक पास गर्न चाहेको भन्दै काङ्ग्रेसले जस्ताको तस्तै विधेयक पास गर्न नदिने बताउँदै नेता खाँणले पत्रकारिता स्वतन्त्र र सबल रहेको देशमा लोकतन्त्र पनि कमजोर नहुने बताए । नेता खाँणले नेपाली काङ्ग्रेस लोकतन्त्रको रक्षा र स्वतन्त्र पत्रकारिताको पक्षमा रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्