Logo

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको वरियतामा नेपाल पुन: खस्कियो



Spread the love

८ असोज, काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको वरियतामा नेपाल फेरी खस्किएको छ । आईसीसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल २ स्थान तल झदैं १७ औं स्थानमा पुगेको हो । यसअघि नेपाल १५ औं स्थानमा रहेको थियो ।

नेपाल ८ खेलमा १ सय ५२ अंक र १९ रेटिङका साथ १७ औं स्थानमा पुगेको हो । नयाँ वरियता अनुसार भारतलाई पछाडी पार्दै इंग्ल्यान्ड शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा भारत र तेस्रो स्थानमा न्युजिल्यान्ड रहेको छ । टि ट्वान्टी वरियतामा भने नेपाल ११ औं स्थानमा यथावत् छ ।

प्रतिक्रिया दिनुहोस्