Logo

जानौँ नियमित अचार सेवन गर्दा स्वास्थ्यमा पुग्ने नराम्रो असरहरु



Spread the love

अचार नेपाली खानामा पर्ने एक परिकार हो । अचार प्रायः पिरो , अमिलो या तिखो स्वादको हुन्छ । कहिले काहीँ यसलाई चटनी भन्ने पनि गरिन्छ।

प्राय: नेपालीहरुलाई दाल, भात र तरकारीसँग अलिकति अचार पनि चाहिन्छ नै । अचार स्वादिष्ट हुनाले खाना रुचाउन यसले सहयोग गर्छ । तर , नियमित रूपमा अचार खाँदा यसले स्वास्थ्यमा नोक्सान पुर्‍याउँछ।

अचारले स्वाद बढाएपनि स्वास्थ्यमा धेरै समस्या ल्याउने हुनाले सकेसम्म बट्टामा खाँदिएको अचार खाँदै नखानुस् । दिनदिनै घरमा ताजा चटनी बनाएर खाने गर्नुस् । अचारमा जिभ्रो झुण्डिएको छ भने त्यसको मात्रा आजैबाट घटाउन थाल्नुस् । जानौँ अचारको सेवनले गर्न सक्ने हानि:

मधुमेह बिरामीका लागि बिस सरह
मधुमेहका रोगीले अचार खानै हुँदैन । अचार बनाउँदा लामो समय टिकोस् भनेर चिनी पनि हालिएको हुन्छ । चिनीयुक्त अचार मधुमेहको रोगीले सेवन गर्नुहुँदैन ।

पाचनप्रणालीमा असर
धेर अचार खादा पेट फुल्ने र दुख्ने हुनाले पेटको क्यान्सर हुने सम्भावना प्रबल हुन्छ ।

आन्द्रामा अल्सर
अचारमा मसला र तेल धेरै हालिएको हुनाले आन्द्रामा अल्सर हुनसक्छ ।

उच्च रक्तचाप
अचारमा धेरै नून हालिएको हुन्छ र धेर नून खाँदा रक्तचाप बढ्न थालछ ।

प्रतिक्रिया दिनुहोस्