Logo

‘जोनी जेन्टलम्यान’को तेस्रो रोमान्टिक गीत रिलिज (भिडियो)



Spread the love

नायक पल शाह र नायिका आँचल शर्मा स्टारर फिल्म ‘जोनी जेन्टलम्यान’को तेस्रो रोमान्टिक गीत रिलिज भएको छ । राजधानीमा आइतवार एक कार्यक्रमका बिच फिल्ममा समावेश ‘जब जब तिम्रो साथ’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा पल शाह र आँचल शर्मा फिचरिङ छन् । गीतमा अञ्जु पन्त र सुरेश लामाको स्वर रहेको छ भने शब्द-संगीत अर्जुन पाखरेलको सुन्न सकिन्छ ।

गीतको भिडियोमा पल र आँचलको केमेष्ट्री एकदमै सुहाएको देखिन्छ।कमेडी, एक्सन र प्रेम मिश्रित चलचित्रमा नेपाल र भारतका रमणिय दृश्य समेटिएका छन् ।योर स्टाइल पिचर्स र एजी इन्टरटेन्टमेन्टको प्रस्तुति रहेको चलचित्रको कथा महेश दवाडीले लेखेका हुन् । ‘जोनी जेन्टलम्यान’मा एन्ड्रेउ पौडेलको लगानी रहेको छ भने अजय मल्ल ठकुरी कार्यकारी निर्माता हुन् । यस्तै सन्जु शाह चलचित्रका सह–निर्माता हुन् । चलचित्र भदौ ३० गतेबाट अल नेपाल रिलिज हुदैछ ।

हेर्नुहोस्  भिडियो :

प्रतिक्रिया दिनुहोस्