Logo

सुनियोजित तरिकाले कार्यक्रम भाँडेको आराेमा सांसद चौधरीलाई कारबाही गर्ने सप्तरी कांग्रेसकाे चेतावनी



Spread the love

९ असोज, सप्तरी । नेपाली कांग्रेस सप्तरीले सुनियोजित तरिकाले कार्यक्रम भाँडेको आराेमा पार्टी सांसद तेजुलाल चौधरीलाई अनुशासनको कारबाही गर्ने बताएको छ । दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको अन्तिम दिन राजविराजमा भएको घटनाबारे बोल्दै जिल्ला कार्यसमिति सप्तरीले चाैधरीलाइ कारबाही गर्ने बताएकाे हाे ।

जिल्ला कार्यसमिति सप्तरीकाे विज्ञप्तिमा, अनुशासन उल्लंघन गरेको भन्दै सांसद चौधरी लगायतलाई कारबाही गर्ने उल्लेख छ ।

जिल्ला सचिव शत्रुद्यन यादवले बुधबार बिज्ञप्ती जारी गर्दै कार्यक्रममा आसन ग्रहणको क्रममा सांसद चौधरी लगायत केहि व्यक्ति सुनियोजित तरिकाले कार्यक्रम नै भाँड्ने गरी मञ्चमा आएर कार्यक्रम संचालक, प्रदेश सभाका सांसद र अरु अतिथिलाई अभद्र व्यबहार तथा गालीगलौज गरेको आरोप लगाएका छन् ।

मर्यादाक्रमलाई लिएर मंगलबार राजविराजमा आयोजित कार्यक्रममा जिल्ला सभापति दिनेश यादव र सांसद तेजुलाल चौधरी पक्षबीच विवाद चर्किँदा यादव पक्षका कार्यकर्ताले चौधरीलाई धकेलाधकेल गर्दै मञ्चबाट निकालेका थिए । त्यसलगतै चौधरीको समूहले छुट्टै कार्यक्रम गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्